विश्वकप खेलाइने रंगशाला रोस्तोभ एरिना

विश्वकप खेलाइने रंगशाला रोस्तोभ एरिना

रुसमा आगामी जुन १४ तारिखमा सुरु हुने विश्वकप फुटबललाई ध्यानमा राखी तयार पारिएको नयाँ रंगशाला हो, रोस्तोभ एरिना। यसलाई रसियन प्रिमियर लिग क्लब एफसी रोस्तोभले घरेलु मैदानका रूपमा प्रयोग गर्नेछ। आगामी विश्वकपका लागि रोस्तोभ एरिनाको दर्शक क्षमता ४५ हजार रहनेछ। विश्वकपपछि भने यो रंगशालाको दर्शक क्षमता घटाएर ३७ हजार आठ सय ६८ बनाइनेछ।

रुस विश्वकपका लागि चार वर्ष लगाएर यो रंगशाला तयार पारिएको हो। सन् २०१४ मा सुरु भएको यो रंगशालाको निर्माणकार्य सन् २०१८ मा सम्पन्न भएको हो। यो रंगशालाको शिलान्यास भने सन् २०१३ को जुनमै गरिएको थियो। आगामी विश्वकपका लागि यो रंगशालामा राखिएको दर्शक बस्ने सिट अस्थायी प्रकृतिको मात्र भएको आयोजकले जनाएको छ।

आगामी विश्वकपमा यो रंगशालामा पाँचवटा खेल खेलाइने कार्यक्रम छ। समूहगत चरणमा पाँच पटकको विश्वकप विजेता ब्राजिल र स्विट्जरल्यान्ड (जुन १७) तथा दुई पटकको विजेता उरुग्वे र साउदी अरेबिया (जुन २०) बीचको खेल यो रंगशालामा खेलाइनेछ। यसैगरी समूहगत चरणमै एसियाली राष्ट्र दक्षिण कोरिया र मेक्सिको (जुन २३) तथा नवप्रवेशी आइसल्यान्ड र क्रोएसिया (जुन २६) बीचको खेल पनि यही रंगशालामा हुनेछ। जुलाई २ तारिखमा अन्तिम १६ टोलीबीचको एउटा खेल पनि यो रंगशालामा खेलाइनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.