मिनेन्द्र रिजालको टिप्पणी- 'कर्मचारी र आसेपासे पोस्ने बजेट'
काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट आफ्ना आसेपासे कार्यकर्तालाई भरणपोषण गर्न र कर्मचारी रिझाउन ल्याएको आरोप लगाएका छन्।
संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै रिजालले बजेटले ठूलो अवसर गुमाएको बताए।
'कर्मचारीलाई आफ्नो पक्षमा प्रयोग गर्ने र कार्यकर्तालाई भरणपोषण गर्ने गरी बजेट आएको छ', उनले भने, 'यसले कर र ऋणको भार बढाउँछ। मुलुकलाई विकासमा लैजान सक्दैन।'
रिजालले विदेशी लगानीको अवसर पनि यो बजेटका कारण गुम्ने दावी गरे।