फास्टट्रयाक सेनाले बनाउनै सक्दैन : त्रिपाठी

फास्टट्रयाक सेनाले बनाउनै सक्दैन : त्रिपाठी

काठमाडौ‌ं : सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाले फास्टट्रयाक निर्माण गर्न नसक्ने बताएका छन्।प्रतिनिधि सभा बैठकमा बोल्दै त्रिपाठीले सेनासँग फास्टट्रयाक बनाउने क्षमता नभएको बताए । 

‘सेनाको नेतृत्वमा फास्टट्याक बन्दैन, बम, बारुद पड्काएर मात्र फास्टट्रयाक बन्ने होइन’ उनले भने। 

सो अवसरमा त्रिपाठीले एनजिओ आइएनजिओका गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए।‘उनीहरु आफै पारदर्शी छैनन्, सरकारले उनीहरुलाई प्राथमिकतामा राख्नु हुन्न’ उनले भने।एनजिओ, आइएनजिओमार्फत भित्रेको पैसा थाहा नहुने भएकाले सरकारले त्यस्ता कुराको निगरानी गर्नुपर्ने बताए।उनले बजेटमा समावेश गरिएको  तेस्रो लिंगी कार्यक्रम फिर्ता लिन माग समेत गरे । 

बजेटमा ल्याइएका कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम  महत्वकांक्षा भएको भन्दै पाँच लाखसम्म रोजगारी दिने कुरा पत्याउन गाह्रो भएको बताए ।  काठमाडौं उपत्यकामा मेट्रो मनोरेल सम्भव नभएको भन्दै त्यसतर्फ सरकार नलाग्न उनले आग्रह गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.