कलाका अनेक रूप
काठमाडौं : नेपाल आर्ट काउन्सिलको पहिलो तलामा कला प्रदर्शनीका लागि ठूलो हल छ । हलको ढोकाबाट भित्र छिर्नेबित्तिकै दायाँपट्टिको कुुनामा राताम्मे क्यानभास छ । वरिष्ठ कलाकार शशिविक्रम शाहको असी बाई एक सय छत्तीस सेन्टिमिटर लामो उक्त पेन्टिङ पूरै भित्ता ढाकेर एक्लै झुुन्डिएको छ । पेन्टिङको नाम हो ‘दी प्यारानोइड वल्र्ड’ (२०१७) । ६ दशकदेखि आर्टलाई नै मुुख्य पेसा बनाएर यही क्षेत्रमा लागि परेका शाह ८० वर्षमा टेक्दैछन् । प्रदर्शनीका लागि उनले नेपाली समाजको बदलिँदो परिवेश देखाउन दौडिरहेका घोडाहरू विम्बका रूपमा प्रयोग गरेका छन् ।
ढोकाको दायाँपट्टि केही युुवा कलाकारका पेन्टिङ छन् जसमा रोशन भण्डारीको पेन्टिङले दर्शकको ध्यान खिच्छ । रोशनको आर्टमा बडेमानको क्यानभासभित्र भुुइँमा आधा ढल्किरहेको एक युुवक छ । युुवकको कुुइँनाले भुुइँ छोइरहेछ र हातले आफ्नै गाला । ऊ गहिरो सोचमा छ । यो क्यानभासको लगत्तै परतिर फरकफरक सोचमा डुुबिरहेका चार बालिका छन् । मानवीय भाव र उनीहरूको सोच चित्रले स्पष्ट देखाउँछ । रोशन मानवीय भावको गहिराइ र जीवन झल्कले चित्र बनाउन मन पराउँछन् । उनी भन्छन्, ‘हामी एक्लै बस्दा जे जे सोच्छौं, त्यो मेरो पेन्टिङमा समेटिन्छ ।’
अर्का युुवा कलाकार विजया महर्जनको पेन्टिङ भने केही भिन्न छ । झट्ट हेर्दा उनको पेटिङमा केही देखिँदैन तर जब पेन्टिङ नियाल्न थालिन्छ त्यहाँ फरक एंगलका कला भेटिन्छन् । ‘हामी जे देख्न सक्दैनौं त्यो नै कलामा देखाउने हो’, उनी भन्छन् । पेन्टिङमा अदृश्य कथा हुुनेमा उनी विश्वास गर्छन् । अन्त्यमा आर्टबाट अलग्गै खुुसी र अनुुभव प्राप्त हुुन्छ दर्शकलाई ।
देवेन्द्र पाण्डेको थ्री डाइमेन्सनमा बनेका पेपर क्राफ्टले सबैलाई आकर्षित गर्छ । हाम्रा कल्चरल, हेरिटेज र सहरको मनोदशा उनको पेपर क्राफ्टमा झल्कन्छ । देवेन्द्र भन्छन्, ‘मैले यस्तो आर्ट २००३ मा पनि प्रदर्शनीमा ल्याएको थिएँ, पछि लामो समय ग्याप भयो । नेपालमा यस किसिमको आर्ट कमैले गर्ने भएकाले यो नौलो छ ।’
प्रदर्शनीमा गुुरु तथा चेलाहरूका एक सय एक पेन्टिङ देख्न पाइन्छ । कला, संस्कृति, नेपाली समाजका समस्या, मानवभाव, ल्यान्डस्केपजस्ता थिममा कलाकारले आफ्नो कलाकौशल देखाएका छन् । कोही कलाकारले वैदिक उपचार प्रणालीलाई क्यानभासमा उतारेका छन् । विभिन्न देवीदेवता, मानव आकृति, मनोभाव, प्रकृतिलाई कलाकारको सोचमा ढालिएको छ । त्यति मात्र होइन इन्टरएक्टिभ गेम्स पनि प्रदर्शनीमा सामेल छन् । यसमा चेस, बाघचालजस्ता खेल सामेल छन् । यी खेललाई कलाकारले कलात्मक रूप दिएका छन् ।
सिर्जना कलेज अफ फाइन आटर््स तथा सिर्जना कन्टेम्पोररी आर्ट ग्यालरीको संयुुक्त आयोजनामा सामूहिक कला प्रदर्शनी २०७५ चलिरहेछ । कलेजका संस्थापक, साधारण सदस्य, शिक्षकलगायत ग्यालरीसँग आबद्ध ३१ जना कलाकारले सामूहिक कला प्रदर्शनी गरेका हुुन् । प्रदर्शनीमा समकालीन नेपाली कलाका तीन पुुस्ता समेटिएका छन् । सिर्जना कलेजका अध्यक्ष वत्सगोपाल वैद्यले कलाकारद्वारा सिर्जित कलाकृतिले दर्शकलाई वर्तमान नेपाली कलाको विविध विधा, माध्यम र शैलीप्रतिको बोधगम्यतामा वृद्धि गर्ने अपेक्षा लिएका छन् । कलेजका प्रधानाध्यापक मदन चित्रकार भन्छन्, ‘प्रदर्शनी नेपाली कलाको विविध रूप देखिने झ्याल बनेको छ ।’ ‘सिर्जना–२०१८, अ कलेक्टिभ आर्ट सो’ बिहीबारसम्म चल्नेछ ।