तीन थान भरुवा बन्दुकसहित चार पक्राउ

तीन थान भरुवा बन्दुकसहित चार पक्राउ

डडेल्धुरा :  डडेल्धुरामा तीन थान अवैध भरुवा बन्दुकसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गन्याधुरा गाउपालिका – ३ कान्तिपुरबाट अवैध भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको अवस्थामा चार जनालाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा गन्यापधुरा– ३ का केशवबहादुर शाही, टेकबहादुर भुल र कर्णबहादुर भुल र शंकरबहादुर शाही छन् । चारैजनालाई अवैध भरुवा वन्दुकसहित मंगलबार पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । 

उनीहरुलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरी रहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । अनुसन्धानवाट दोषी ठहर भएमा हातहतियार खरखजना ऐन २०१९ बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।

अन्य स्थानमा पनि अवैध बन्दुक लुकाएर राखेको हुन सक्ने प्रहरी नायव उपरिक्षक जोशीले जानकारी दिए  । उनले स्थानीय , प्रदेश र संघको चुनावको समयमा जिल्ला प्रशासनमा २३ वटा बन्दुक मात्र बुझाएको  जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.