संसदमा प्रश्नः सुन तस्करीको 'ठुलो माछा' प्रधानमन्त्री नै त होइन ?

संसदमा प्रश्नः सुन तस्करीको 'ठुलो माछा' प्रधानमन्त्री नै त होइन ?

काठमाडौँः नेपालको विमानस्थलबाट हुने गरेको अर्बौँ मूल्यको सुन तस्करीको बहसले बिहीबारको संसद बैठकमा पनि निरन्तरता पायो । 

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बजेटठमाथिको छलफलमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुनकाण्डबारे बोल्दै नेपालमा बहुदल आएको १० वर्षमै सुन तस्करीले बिकराल रुप लिएको बताए । 

‘सभामुखज्यू (कृष्णबहादुर महरा) अर्थमन्त्री हुँदा म त भुरा मात्रै हुँ, धेरै ठुला माछा छन् यसमा, यसको उत्तर समयक्रममा आउला भनेको सम्झिरहेको छु’, सुवालले भने, ‘मन्त्रीले भनेको ठुलो माछा प्रधामन्त्री नै त होला होइन भन्ने प्रश्न उठेको छ ।’

सांसद सुवालले देशलाई आर्थिक विकासतर्फ अघि बढाउन सकिने बताउँदै सबैभन्दा पहिले प्रधानमन्त्री निवास बालुवाटारलाई ठगहरुबाट जोगाउनु सबैभन्दा ठुलो कुरा भएको जिकिर गरे । 

भारतमा ७० वर्षमा देखिएको सुन तस्करीको समस्या नेपालमा १० वर्षमै देखिएको बताउँदै सुवालले यसको जरैसम्म पुग्न सक्नुपर्नेमा जोड दिए । नेपालमा तलब भत्ता भन्दा महँगी धेरै बढ्ने गरेको बताउँदै सुवालले सोभियत संघमा कुनै बेला दशकौँसम्म महँगी नबढेको उदाहारण दिए ।

सुवालले नेपालमा प्रहरी भन्दा चोर अगाडि बढ्नु अनौठो नभएको पनि जिकिर गरे । उनले नेपालमा ठुला नदीहरुमा बाँध बाँध्न सकेमा देशका कुनाकाप्चासम्म पानी जहाज पुर्‍याउन सकिने पनि बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.