रामकुमारी झाँक्रीको प्रश्नः सांसदहरुलाई जनताले किन घृणाले हेर्छन् ?

रामकुमारी झाँक्रीको प्रश्नः सांसदहरुलाई जनताले किन घृणाले हेर्छन् ?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले सांसद विकास कोषको नाममा रकम बाँड्ने सरकारको निर्णयको कडा आलोचना गरेकी छन् । 

सरकारले ल्याएको बजेटबारेमा प्रतिनिधि सभाको बिहीबारको बैठक भएको छलफलमा भाग लिँदै झाँक्रीले संसद विकास कोषको नाममा रकम बाँडिनु सांसद खरिद विक्री जस्तै भएको कटाक्ष गरिन् ।

‘बहुदलपछिको त्रिशंकु सरकारले भन्सार छुटमा गाडी किन्न दिएर सांसदहरुको खरिद विक्री थालेको थियो’, उनले भनिन्, ‘संसद विकास कोष सांसद खरिद विक्रीको निरन्तरता नहोस ।’

अर्थमन्त्री डा. युवराज खतिवडाप्रति कटाक्ष गदै झाँक्रीले बित्तीय अनुशासन कायम गर्ने प्रयासमा चुकेको पनि बताइन् । ‘बित्तीय अनुशासन कायम गर्ने हो भने बजेट भन्दा बाहिरको योजना किन ल्याइयो ? अर्थमन्त्रीजीले नै बिलखबन्दमा परेँ भन्नु भएको छ’, उनले भनिन्, ‘सांसद विकास कोष दिने बेलामा उहाँ कसरी बिलखबन्दमा पर्नुभयो ? संसद विकास कोष सांसदहरुलाई बदनाम, खिसिट्युरी र हँसाउने मेलो भएको छ  ।’

संसद विकास कोषकै कारण जनताले सांसदहरुलाई घृणाले हेर्ने गरेको बताउँदै उनले सबै प्रकारका कार्टेलिङ अन्त्य गर्छु भन्ने अर्थमन्त्रीले राजनीतिको कार्टेलिङ पनि हटाउन हिम्मत गर्नुपर्ने बताइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.