विश्वकपमा इङ्ल्यान्डलाई रंगभेदको चिन्ता

विश्वकपमा इङ्ल्यान्डलाई रंगभेदको चिन्ता

एजेन्सी

लन्डन :
ठूला प्रतियोगिताका क्रममा खेलाडीमाथि गरिने जातीय वा रंगभेदी विभेदले विश्व खेलकुदलाई सधैं आहत बनाउँदै आएको छ। विश्वकप फुटबलका क्रममा पनि काला जातिका खेलाडीहरूमाथि विपक्षी खेलाडी र समर्थकले पटकपटक रंगभेदी दुव्र्यवहार गरेको प्रशस्तै उदाहरण छन्। रुसमा २१औं विश्वकप सुरु हुनुअघि पनि यो विषयले चर्चा पाउन थालेको छ।

इङ्ल्यान्डको राष्ट्रिय टोलीका रक्षक आस्ले योङले रुस विश्वकप सुरु हुनुअघि नै यो विषयलाई विश्व फुटबल महासंघ (फिफ) सामु राख्ने बताएका छन्। ‘मैदानमा हामीमाथि सधैं दुव्र्यवहार हुने गरेको छ। यो विषयलाई फिफाले कसरी हेर्छ र के गर्छ भन्ने मुख्य कुरा हो। हामीले विश्वकपअघि नै यो विषय उठाउनु आवश्यक छ,’ योङले भनेका छन्।

कतिपय अवस्थामा रंगभेदको विषयलाई त्यत्तिकै सामसुम पार्ने काम भएको भन्दै योङले फिफाले यस विषयमा तत्काल ठोस निर्णय लिनुपर्ने बताए। हालै रुसमा भएको मैत्रीपूर्ण खेलका क्रममा फ्रान्सका खेलाडीले समेत रंगभेदको सिकार बन्नु परेको विषय सतहमा आएको थियो। आयोजक राष्ट्रका समर्थकले फ्रान्सका पल पोग्बा, ओसमेन डेम्बेल र एन्गोलो कान्टेजस्ता खेलाडीमाथि रंगभेदी दुव्र्यवहार गरेका थिए।

उक्त घटनापछि फिफाले रुसलाई २२ हजार पाउन्ड जरिवानासमेत गरेको थियो। यही घटनाबाट सशंकित बनेका इङ्ल्यान्डका केही खेलाडी विश्वकपका क्रममा पनि रंगभेदको सिकार हुनुपर्ला भन्ने चिन्तामा छन्। रुस विश्वकपको समूह ‘जी’ मा रहेको इङ्ल्यान्डले जुन १८ तारिखमा ट्युनिसिया आफ्नो पहिलो खेल खेल्दैछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.