विश्वकपमा एक खेलबाटै घर फर्किने टिम

विश्वकपमा एक खेलबाटै घर फर्किने टिम

एजेन्सी : विश्वकप फुटबलको इतिहासमा एउटा यस्तो राष्ट्र पनि छ जसले, फाइनल चरणमा एउटा मात्र खेल खेलेको छ। विश्वकपको दोस्रो संस्करण सन् १९३८ मा फ्रान्समा आयोजना भएको थियो। उक्त विश्वकपमा ‘डच इस्ट इन्डिया’ (अहिलेको इन्डोनेसिया) पनि छनोट भएको थियो। सन् १९४५ मा स्वतन्त्र हुनुअघि इन्डोनेसियाले ‘डच इस्ट इन्डिया’ कै नामबाट अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गथ्र्यो।

यस अर्थमा इन्डोनेसिया विश्वकपमा सहभागी हुने पहिलो एसियाली राष्ट्र पनि हो। सन् १९३८ को विश्वकप सुरुबाटै नकआउट प्रणालीमा खेलाइएको थियो। ‘डच इस्ट इन्डिया’ को पहिलो खेल नै बलियो प्रतिद्वन्द्वी हंगेरीसँग परेको थियो। जुन ५ तारिखमा खेलिएको उक्त खेलमा हंगेरीसँग ६-० गोलको विशालअन्तरले पराजित भएपछि ‘डच इस्ट इन्डिया’ पहिलो खेलबाटै घर फर्कन बाध्य भयो।

त्यसपछि ‘डच इस्ट इन्डिया’ वा इन्डोनेसिया कुनै पनि विश्वकपमा छनोट हुन सकेन। त्यसैले ‘डच इस्ट इन्डिया’ विश्वकपको इतिहासमा एउटामात्र खेल खेल्ने एकमात्र राष्ट्र बन्न पुग्यो। उक्त विश्वकपमा छनोट हुँदै क्युबा पनि विश्वकप खेल्ने पहिलो क्यारेबियन टोली बनेको थियो। तर, क्युबा आफ्नोे पहिलो खेलमा रोमानियालाई हराउँदै क्वार्टरफाइनलसम्म पुगेर दोस्रो खेल पनि खेल्न सफल भएको थियो। त्यसपछि भने क्युबा पनि विश्वकपमा छनोट हुन सकेको छैन।

उक्त विश्वकपको उपाधि भने इटालीले जितेको थियो। फाइनलमा इटालीले हंगेरीलाई ४-२ गोलले हराएको थियो। त्यो इटालीले जितेको लगातार दोस्रो विश्वकप उपाधि थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.