जिनेदिन जिदानले रियल मड्रिडबाट राजीनामा दिए

जिनेदिन जिदानले रियल मड्रिडबाट राजीनामा दिए

काठमाडौँः स्पेनिस फुटबल क्लब रियल मड्रिडको म्यानेजर पदबाट प्रसिद्ध फ्रान्सेली फुटबलर जिनेदिन जिदानले राजीनामा दिएका छन् । 

पाँच वर्षका लागि क्लबको म्यानेजरको सम्झौता गरेका जिदानले अढाई वर्ष नबित्दै बिहीबार अपरान्ह अचानक पत्रकार सम्मेलन गरेर म्यानेजरबाट अलग्गिने घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलनका क्रममा ४५ वर्षीय फ्रान्सेली सफल फुटबलर जिदानले आफ्ना लागि रियल मड्रिड छाड्ने सही समय भएको बताएका छन् । फ्रान्सलाई विश्वकप जिताएर सफल फुटबल खेलाडी बनेका उनले मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउँदै प्रशिक्षकका रुपमा पनि सफल भएका थिए । 

जिदानले अढाई वर्ष कार्यकाल बाँकी रहँदै म्यानेजरबाट अलग्गिने घोषणा गरेका हुन् । लगातार तीन सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाएपछि जिदानले आकष्मिकरुपमा रियल मड्रिड छाडेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.