‘प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ’

‘प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ’

रत्ननगर(चितवन) :  गृहमन्त्री रामबहादुर थापाले प्रकृति र मानवबीचको द्वन्द्वलाई बाधकका रुपमा हेर्न नहुने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ ।’ 

गृहमन्त्री थापाले प्रकृतिलाई विनाशका रुपमा मात्रै नहेर्न आग्रह गर्दै मानव र प्रकृतिबीचको द्वन्द्व संसारभरि नै रहेकाले यसलाई न्यूनीकरण गर्न सकिने बताए । उनले भने, ‘हावालाई सदुपयोग गर्न सके विन इनर्जी निकाल्न सकिन्छ, घामलाई सदुपयोग गर्न सके सौर्य ऊर्जा निकाल्न सकिन्छ र पानीलाई सदुपयोग गर्न सके विद्युत् निकाल्न एंव जलयात्रा गर्न सकिन्छ ।’ 

सो अवसरमा गृहमन्त्रालय विपद् व्यवस्थापन महाशाखाका सहसचिव केदार न्यौपानेले विश्वका अन्य देशको तुलनामा हाम्रो देश उच्च जोखिममा रहेको उल्लेख गर्दै विपद् आउन नदिन र यसको न्यूनीकरणका लागि सतर्कता अपनाउन जरुरी रहेको बताए। 

अहिले पनि जोखिम देशको सूचीमा नेपाल १५ नम्बरमा रहेको बताउँदै उनले यसको व्यवस्थापनका लागि प्रदेश सरकार र स्थानीय सरकारको ठूलो जिम्मेवारी रहेको धारणा व्यक्त गरे। 

जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विपद् व्यवस्थापनका लागि जिल्लामा २१ प्रकारका सामग्री खरिद गर्ने तयारी गरेको जानकारी दिए । 

समितिले गएको महिना हावाहुरीले पूर्णक्षति भएका घरपरिवारलाई तत्काल राहतका लागि कालिका नगरपालिकालाई  दुई लाख ४० हजारको चेक र रत्ननगर नगरपालिकालाई  एक लाख ३५ हजारको चेक हस्तान्तरण गरेर ।रासस 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.