कम्युनिस्ट पार्टीको नाम परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन

कम्युनिस्ट पार्टीको नाम परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन

काठमाडौं : केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनको नाम परिवर्तन हुने भएको छ। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर जेठ ३ गते एकता घोषणा गर्दैै निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीले  १४ दिनपछि बिहीबार नाम परिवर्तनका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो। 

बिहीबार कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक देव गुरुङले निर्वाचन आयोगमा नयाँ नाम दर्ताका लागि निवेदन दिएका हुन्।  निवेदनमा यसअघि कम्युनिस्ट पार्टीको तल राखिएको अन्डरलाइन हटाइएको छ। निवेदन अनुसार पार्टी दर्ता भए अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुनेछ। 

अन्डरलाइन राख्दा पार्टीको नाम लेख्न अप्ठेरो भएको भन्दै पार्टीभित्रै गुनासो बढेपछि बुधबार बसेको पार्टी बैठकले नाम पछाडि कोष्टकमा (नेकपा) राख्ने सहमति गरेको थियो। सोही सहमति अनुसार निर्वाचन आयोगमा निवेदन दिएको नेता सुवास नेम्वाङले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.