कार्यालय समयमा चेस खेल्ने कर्मचारीलाई सांसदले समाते

कार्यालय समयमा चेस खेल्ने कर्मचारीलाई सांसदले समाते

नुवाकोटः नुवाकोटमा विहीवार कार्यालय समयमै एक जना सरकारी कर्मचारीसहित इन्जिनियरहरु कार्यकक्षमै चेस खेलिरहेको अवस्थामा भेटिएका छन् । विनाशकारी भुकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी रहेको सरकारी कार्यालय शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा सांसद नारायणप्रसाद खतिवडाले छड्के अनुगमन गर्दा सरकारी कर्मचारी कार्यकक्षमै चेस खेलिरहेको अवस्थामा भेटिएका हुन् ।

सांसद खतिवडासहित र पत्रकारहरुले टोलीले संयुक्त रुपमा गरेको कार्यालय अनुगमनका क्रममा कार्यालयका सब–इन्जिनियर  आभाष पौडेलसहित तीनजना चेस खेलिरहेको अवस्थामा फेला परेका हुन् ।  सरकारी कर्मचारी र निकायको ढिलासुस्तीका कारण निर्माण थालेका र सम्पन्न गरिसकेका लाभग्राहीहरु आफ्नो काम नभएको गुनासो गरिरहेका छन् । 

सरकारी कार्यालय कर्मचारी अभावमा काम हुन नसकेको ओठे जवाफ दिइरहेको छ । तर, कर्मचारीहरु कार्यालय समयमा खेलवाड र मोजमस्तीमा छन् । विहीवार विदुर नगरपालिका–९ कोलोनीमा रहेको शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालयमा दिउँसो १ बजेर ५८ मिनेटमा पुग्दा कर्मचारी टेबुलभरी असरल्ल काम थुपारेर चेस खेलिरहेको अवस्थामा भेटिएका हुन् । 

सांसद खतिवडाले  रंगेहात फेला परेका सव–ईञ्जिनियर आभाष पौडेलले खाजा खाने समयमा समयमा मनोरञ्जन गरेको दाबी गरे । आफ्नै कार्यकक्षमा भवन निर्माणको जिम्मेवारी लिएर आएका अन्य दुईजना जम्मा पारेर उनी चेसमा भिडिरहेका थिए ।  

तीन वर्षदेखि भूकम्पपीडितहरु सरकारी प्रक्रियाका कारण र कर्मचारीले दिएको दुखका कारण पीडामा छन् । तर, जिम्मेवार कर्मचारी भने काम छैन भन्दै कार्यालय समयमै र कार्यालय भित्रै खेलेर बसेका छन् । तीन वर्ष अगाडिको भुकम्प पीडितलाई कस्तो सेवा प्रदान भइरहेको छ र कामकाजको शैलीका वारेमा अनुगमन गर्न पुगेका प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले निमित्त कार्यालय प्रमुख आत्मकुमार शाहसंग कर्मचारीले कार्यालय समयमा चेस खेलेको जानकारी गराए । 

प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा र पत्रकारको संयुक्त अनुगमनमा लापरबाही भेटिएपछि सव–ईञ्जिनियर पौडेल र भवन शाखाको कार्यालय बनाउन ठेकेदार कम्पनीको जिम्मा लिएर आएका अन्य दुई कर्मचारीलाई निमित्त कार्यालय प्रमुखले तत्कालै स्ष्टिकरण लिएका छन् । निमित्त कार्यालय प्रमुख शाहले उनीहरुबारेमा विभागमासमेत जानकारी गराइसकेको ताए । 

भवन कार्यालयका शवईञ्जिनियर आभाष पौडेल, बन्दना भगवती निर्माण सेवाका ईञ्जिनियरहरु मदन खत्री र निरञ्जन खड्कालाई भवन शाखाका निमित्त प्रमुख आत्मकुमार शाहले प्रष्टिकरण लिएर सम्बन्धित कार्यालयमा मौखिक जानकारी गराइसकेका छन् ।  प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले बिहीवारै नुवाकोटका तीन वटा सरकारी कार्यालयको अवलोकन गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.