भिरबाट लडेर एकजनाको मृत्यु
बाजुरा : बाजुराको स्वामीकार्तिक गाउँपालिका ५ जेराकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। बिहीबार बिहान हिमाली गाउँपालिकाको बोल्ढीकमा घट्ट पिस्न जाने क्रममा काटेपहराको भिरमा लडेर स्वामीकात्र्तिक गाउँपालिका ५ जेराकी ६५ वर्षीया रिठु विकको मृत्यु भएको हो।
जेराको कोटकुलो निमार्ण कार्य भइरहेकाले घट्ट पिस्न करिब अढाई घण्टा टाढा जानुपर्छ। मुगुको खत्याड गाउँपालिका सुकाढीकको सिमानामा पर्ने उक्त काटेपहराको भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव आफन्तले भेटेको भैरवनाथ माविका शिक्षक ओमजंग सिंहले जानकारी दिए।