वेस्टइन्डिजविरुद्ध सन्दीपको पहिलो ओभर, १२ रन दिए
काठमाडौँः वेस्टइन्डिजविरुद्धको च्यारिटी टी २० म्याचका क्रममा विश्व ११ बाट नेपाली स्पिनर सन्दीप लामिछाने बलिङमा आएका छन् ।
वेस्टइन्डिजले क्रिस गेल, एभिन लेविस र फ्लेचरको विकेट गुमाइसकेपछि सन्दीप बलिङमा आएका हुन् । उनलाई १३ औँ ओभरमा बलिङमा उतारिएको हो ।
सन्दीपले आफ्नो पहिलो ओभरमा १२ रन खर्चिएका छन् । उनको चौथो बलमा स्यामुएलले छक्का हानेका छन् ।
क्यारेबियन क्षेत्रमा आँधीले भत्काएका क्रिकेट स्टेडियम निर्माणका लागि भएको च्यारिटी टी २० म्याचका क्रममा वेस्टइन्डिजका फ्लेचरलाई साहिद अफ्रिदीले आउट गरेका छन् । त्यसअघि क्रिस गेल सस्तैमा आउट भएका थिए ।
उनलाई विश्व ११ का सेयब मल्लिकले १०.१ ओभरमा स्टम्पिङ्ग गर्दै पेभेलियन पठाएका हुन् । आउट हुँदासम्म गेलले २८ बलमा केबल १८ रन मात्रै बनाएका थिए ।
यसअघि अफगानी खेलाडी रसिद खानले अर्का ओपनर एभिन लेविसलाई २६ बलमा ५८ रन बनाएको अवस्थामा पेभेलियन पठाएका थिए । उनले ५ चौका र ५ छक्का पनि हाने ।
नेपालका स्पिनर सन्दीप लामिछानेले भने अहिलेसम्म बलिङको अवसर पाएका छैनन् । क्यारेबियन मुलुकमा आँधीले भत्काएको क्रिकेट स्टेडियम बनाउने सहयोग जुटाउन बेलायतको लर्ड्समा आईसीसीले यो म्याच खेलाएको हो ।