वेस्टइन्डिजसँग विश्व–११ पराजित, ब्याटिङ-बलिङ दुवैमा सन्दीपलाई मौका

वेस्टइन्डिजसँग विश्व–११ पराजित, ब्याटिङ-बलिङ दुवैमा सन्दीपलाई मौका

काठमाडौं : बेलायतको लर्ड्स स्टेडियममा भएको पाकिस्तानी टोलीका पूर्वकप्तान शाहिद अफ्रिदीको कप्तानीमा रहेको विश्व ११ टोली र वेस्टइन्डिज बीचको च्यारिटी टी २० क्रिकेट प्रतियोगितामा विश्व ११ टोली  ७२ रनले पराजित भएको छ।  

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले एभिन लेविसको सर्वाधिक ५८ रनको मद्दतमा पुरै ओभर खेल्दै १९९ रनको गतिलो स्कोर खडा गरेको थियो । जवाफी व्याटिङमा उत्रेको विश्व ११ टोलीले १६.४ ओभरमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो । 

टी–२० विश्वकप विजेता टोली वेस्टइन्डिजका ओपनर लेविसले अफगानी खेलाडी रसिद खानबाट आउट हुनुअघि २६ बलमा ५८ रन बनाएका थिए । उनले ५ चौका र ५ छक्का पनि हाने । 

त्यसैगरी वेस्टइन्डिजका लागि दिनेश रामदिनले ४४ र स्यामुएल्सले ४३ रनको योगदान दिए । आन्द्रे रसेलले २१ र क्रिस गेलले १८ रन बनाए । 

विश्व ११ का लागि रसिद खानले ४ ओभर बलिङ गर्दै २ विकेट लिए । त्यसैगरी अन्य १–१ विकेट सोयब मल्लिक र साहिद अफ्रिदीको नाममा रह्यो । 

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले केबल १ ओभर मात्रै बलिङ गर्न पाए । १३ औँ ओभरमा बलिङ गरेका उनले १२ रन दिए भने विकेट लिएनन । 

जितपछि खुसी मनाउँदै वेस्टइन्डिजका खेलाडी । तस्बिरः आईसीसी

२०० रनको लक्ष्य पाएर ब्याटिङमा उत्रेको विश्व ११ टोलीको सुरुवात निकै खराब रह्यो । चौथो ओभरमै जम्मा ८ रन बनाउँदा ४ विकेट गुमाउन पुग्यो । त्यसपछि केही सम्मालिएर खेलेको भएपनि जित हात पार्न सकेन । 

विश्व ११ का लागि श्रीलंकाली अलराउण्डर थिसरा पेरेराले आक्रामक ब्याटिङ गर्दै ३७ बलमा ६१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन, कप्तान अफ्रिदी जम्मा ११ रन बनाए । अर्का पाकिस्तानी खेलाडी  सोयब मिलकले १२ र न्युजल्याण्डका मिचेल म्याक्लिघनले १० रन बनाए अन्यले दोहोरो अंकको न बनाएनन् 

 ९ औ नम्बरमा ब्याटिङ गर्न आएका नेपालका सन्दीप लामिछाने ५ बलमा ४ रन बनाउँदै नट आउट रहे । 

वेस्टइन्डिजका लागि केसरिक विलियमले ३ विकेट, बन्द्री र रसेलले २–२, कप्तान ब्रेथवेट र किमो पलले १–१ विकेट लिए । 

आईसीसीले गतसालको आँधीबाट क्षति पुगेका क्याराबिन राष्ट्रका क्रिकेट स्टेडियम मर्मत गर्न खर्च जुटाउने उद्देश्यले यस म्याच आयोजना गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.