कांग्रेस जिल्ला सभापति भेला : नयाँ विधान र संगठनबारे छलफल

कांग्रेस जिल्ला सभापति भेला : नयाँ विधान र संगठनबारे छलफल

काठमाडौं :  असार पहिलो साता हेटौंडामा हुने कांग्रेस जिल्ला सभापति भेलाका लागि केन्द्रले एजेण्डा तय गर्न छलफल तिब्र पारेको छ । पार्टीको नयाँ विधान, संगठन र समसामयिक राजनीतिक विषयमा जिल्ला सभापति भेलामा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रले भेलाको एजेण्डा तय गर्न गृहकार्य गरिरहेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । भेला स्थल व्यावस्थापनको जिम्मा मकवानपुर जिल्ला कार्यसमितिलाई दिइएको छ ।

एक साताअघि महामन्त्री डा. शशांक कोइराला हेटौंडा पुगेर कार्यक्रमको तयारी बारेमा जिल्ला कार्यसमितिसँग छलफल गरेका थिए ।

हेटौंडास्थित पल्पसा हलमा जिल्ला सभापति भेलाको उद्घाटन सत्र सुरु हुनेछ । भेलामा जिल्ला सभापतिसहित केन्द्रीय कार्यसमितिका सबै सदस्य सहभागी हुनेछन् । सहमहामन्त्री महतका अनुसार उदघाटन सत्र छोटो बनाएर बढी भन्दा बढी जिल्ला सभापतिलाई सुन्ने गरी कार्यक्रम तय गरिने छ ।

१६ वैशाखमा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले निर्वाचन समीक्षा गर्दै जिल्ला सभापति भेलादेखि महासमिति बैठकसम्म लग्ने निर्णय गरेको थियो ।

पार्टी नेतृत्वले भेलामा निर्वाचन पराजयको विषयलाई महत्व नदिने छनक दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले यसलाई उठाउने तयारी गरेको छ ।

नेता कृष्णप्रसाद सिटौला जिल्ला सभापति भेला र महासमिति बैठकमा निर्वाचन समीक्षा, नेतृत्वको क्रियाकलाप र पार्टी सुधारको एजेन्डा बारेमा छलफल हुने बताउँछन् ।

केन्द्रीय समितिले निर्वाचनमा पराजय पछि पार्टी भित्र उठेको बहसलाई निरन्तर जारी राख्ने निर्णय गरेकाले ती विषय आफूहरूले कुरा उठाउने सिटौलाले बताए।

वरिष्ठ नेता पौडेल, नेताहरू सिटौला प्रकाशमान सिंह, शेखर कोइरालासहित युवा नेताले निर्वाचन पराजयको जिम्मा सभापतिले लिँदै पार्टीलाई महाधिवेशनको बाटोमा अघि बढाउन माग गरिरहेका छन् । यद्यपी सभपति देउवा समूहले निर्वाचन पराजयको विषय नउठाइकन पार्टी विद्यान परिर्वतन गरी पार्टीलाई संघीय संरचनामा लैजाने रणनीतिमा लागेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकले विधान मस्यौदा समिति समेत गठन गर्ने निर्णय गरेको थियो । तर जेठ दोस्रो साता वितिसक्दा पनि समिति गठन भएको छैन । सहमहामन्त्री महतले वरिष्ठ नेता पौडेल समूहले नाम नपठाएका कारण समिति घोषणमा ढिलाई भएको दाबी गरे ।

महतका अनुसार एक दुई दिन भित्रै उक्त समिति घोषणा गर्ने तयारी भइरहेको छ । केही समय अघि उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता पौडेलसँग भेटेर समिति गठनबारे छलफल गरेका थिए । सभापति देउवा महामन्त्री पूर्णबहादुर खडका नेतृत्वमा विधान मस्यौदा समिति गठन गर्ने तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.