उपेन्द्र यादवलाई सरकारमा दोस्रो वरियता

उपेन्द्र यादवलाई सरकारमा दोस्रो वरियता

 काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रिपरिषद्मा दोस्रो वरियाता हुनेगरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

‘प्रधानमन्त्री ओलीले फोरमलाई सरकारमा दोस्रो वरियातामा रहने गरी सहभागी हुन आग्रह गर्नुभयो । फोरमले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार्दै शहरी विकास र स्वास्थ्य मन्त्रालय लिनेगरी ढिलोमा आइतबार बिहानसम्म सरकारमा सहभागी हुनेछ’, स्रोतले अन्नपूर्णसँग भन्यो ।

ओली-यादवबीचको कुराकानीमा फोरम अध्यक्षले आफ्नो पार्टीलाई परराष्ट्रसहित तीन मन्त्रालय दिन आग्रह गरेका थिए ।

यादवलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीजी फोरमको संगठन संरचनामा आँचा आउन नदिन पनि तीनवटा जिम्मेवारी दिनुहोस् । फोरम संसदीय दलले आफूलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी वा तीनवटा महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा सहमति गर्न अधिकार दिएको छ ।’

यसअघि परराष्ट्रसहित दुुई मन्त्रालय दिने गरी प्रधानमन्त्री ओलीले यादवलाई सरकारमा ल्याउन पहल गरेपनि फोरम सहभागी नभएपछि प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्री बनाएका थिए ।

पार्टी कार्यालय बालकुमारीमा बसेको फोरम संसदीय दलको बैठकले महत्वपूर्ण तीन मन्त्रालयबीना सरकारमा जान नहुँने निष्कर्ष निकालेको छ । फोरमका नेता एवं सांसद उमाशंकर अरगरियाले अन्नपूर्णसँग भने, ‘मन्त्री चयन गर्ने अधिकार पार्टी अध्यक्ष यादवलाई दिएका छौं ।’

उनले भने, ‘त्यो सबै अध्यक्षको स्वविवेकमा छाडेका छौं । शुक्रबार हामी सरकारमा जान सक्छौं ।’

महासचिव रामसहाय यादवले अध्यक्ष यादवलाई सकारमा सहभागिता सम्बन्धी निर्णय गर्ने अधिकार दिएको अवस्थामा आफूले थप केही नभन्ने बताए । सरकारमा जानेमा अध्यक्ष यादव, सहअध्यक्ष राजेन्द्र        श्रेष्ठ, महासचिव रामसहाय यादव, नेतृ रेणुदेवी यादव, नेता मोहम्मद इस्तियाक रायन र उमाशंकर अरगरियाको नाम चर्चामा छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.