वीरगन्जमा प्रदेशस्तरीय खेल सुरु
वीरगञ्ज : अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा वीरगञ्जमा शुक्रबारदेखि प्रदेशस्तरीय खेल सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले खेलको उद्घाटन गर्दैै खेलले मान्छेलाई अनुशासित बनाउने बताए। ‘खेलकुदबाट समाजको पहिचान बनाउन सकिन्छ’ उनले भने।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक तारणीप्रसाद लम्साल, एसपी रेवती ढकाल, प्रदेश २ पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र चौहानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। दुई दिनसम्म सञ्चालन हुने खेलमा डबलमा १६ वटा खेल,
जुनियर पुरुषमा ४ वटा खेल हुने अन्नपूर्ण मिडिया नेटवर्क २ नम्बरको ब्युरो संयोजक अलि असर देवानले जानकारी दिए।
खेलले मानिसलाई अनुसाशित बनाउने भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत खेल आयोजना गरिएको उनले जानकारी दिए। खेलामा पर्सा, बारा, रौतहत, सर्लाही, सिराहा, सप्तरी, महोत्तरी र धनुषाका खेलाडीको सहभागिता छ।