विश्वकपमा ‘अन्डरडग’अस्ट्रेलिया

विश्वकपमा ‘अन्डरडग’अस्ट्रेलिया

सिड्नी : एसियाली राष्ट्र अस्ट्रेलिया लगातार चौथो र समग्रमा पाँचौंपटक फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपमा सहभागी हुँदैछ। अस्ट्रेलियासँग विश्वस्तरका राम्रा खेलाडी छन्। घरभित्र पनि फुटबलको राम्रो वातारण छ। अस्ट्रेलियामा फुटबल लोकप्रिय पनि छ। अस्ट्रेलियन खेलाडी युरोपका महँगा लिग पनि खेल्छन्। यसका बीच ठूला प्रतियोगिताहरूमा अस्ट्रेलिया सधैं अघिल्लो चरणबाटै बाहिरिने गरेको छ। यही प्रदर्शनले रुस विश्वकपअघि अस्टेलियन टोलीलाई ‘अन्डरडग’ भनिएको हो।

सन् १९७४ मा पहिलोपटक विश्वकप खेलेको अस्ट्रेलियाले ३२ वर्षपछि सन् २००६ मा दोस्रोपटक पुन: विश्वकप खेल्यो। त्यसयता लगातार चौथो विश्वकप फुटबलको तयारीमा जुटेको छ, अस्ट्रेलिया। यद्यपि विश्वकपमा अस्ट्रेलियाको इतिहास राम्रो छैन। अस्ट्रेलियाले पाँचवटा विश्वकपमा एकपटक सन् २००६ मा मात्र समूहगत चरण पार गरेको छ। जर्मनीले आयोजना गरेको सो विश्वकपमा पनि अस्ट्रेलिया प्रिक्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन। अन्य चार विश्वकपमा भने अस्ट्रेलियाले समूहगत चरण पार गर्न सकेन।

त्यसैले रुस विश्वकपमा सशक्त प्रदर्शन गर्दै ‘अन्डरडग’ टोलीको ट्याग हटाउनु अस्ट्रेलियाका लागि चुनौती देखिएको छ। तर, यो चुनौती पार गर्नु अस्ट्रेलियाका लागि सहज भने छैन। अस्ट्रेलिया मुस्किलले विश्वकपमा छनोट भएको हो। एसियाली छनोटको समूह ‘बी’मा जापान र साउदी अरेबियापछि तेस्रो स्थानमा रहेका कारण अस्ट्रेलियाले विश्वकपको यात्रा तय गर्न अन्तर महादेशीय प्ले अफ खेल्नु परेको थियो। एसियन प्ले अफमा सिरिया र महादेशीय प्ले अफमा होन्डुरसलाई हराएपछि अस्ट्रेलिया ३१औं टोलीका रूपमा रुस विश्वकपमा छनोट भएको हो।

त्यसपछि भएका मैत्रीपूर्ण खेलमा पनि अस्ट्रेलियाको प्रदर्शन सन्तोषजनक छैन। विश्वकपमा छनोट भएपछि खेलिएको दुवै मैत्रीपूर्ण खेलमा अस्ट्रेलिया रह्यो। गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा नर्वेसँग ४-१ गोलले पराजित भएको अस्ट्रेलिया कोलम्बियासँग भने गोलरहित बराबरीमा रोकियो। फ्रान्स, डेनमार्क र पेरुजस्ता बलिया टोली रहेको समूहमा परेकाले रुस विश्वकपमा पनि अस्ट्रेलियालाई समूहगत चरण पार गर्न मुस्किल देखिएको छ। यद्यपि अस्ट्रेलियाले रुस विश्वकपका लागि अनुभवी र अन्य टोलीबाट निरन्तर सफलता हात पारेका डच प्रशिक्षक बर्ट भान मार्विकलाई नियुक्त गरेको छ।

मार्विक त्यही प्रशिक्षक हुन्, जसले नेदरल्यान्ड्सलाई सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा फाइनलसम्म पुर्‍याएका थिए। यसपटक पनि उनले साउदी अरेबियालाई अस्ट्रेलियाभन्दा अघि रुस विश्वकपमा छनोट गराएका थिए। प्रशिक्षक मार्विकले नर्वे र कोलम्बियाविरुद्धको खेलमा एकमात्र स्ट्राइकर तथा चार रक्षक राखेर अस्ट्रेलियालाई रक्षात्मक रणनीतिमा मैदानमा उतारेका थिए। रुस विश्वकपमा पनि उनले आफ्ना खेलाडीलाई त्यही रणनीतिमा अभ्यास गराएको देखिन्छ।

विश्वकपअघि अस्ट्रेलियालाई एक तथ्यले भने उत्साही बनाएको छ। अस्टेलियन खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा पेनाल्टीमा निकै खप्पिस देखिएका छन्। कप्तान माइल जेडिन्कले प्रहार गरेको कुनै पनि पेनाल्टी चुकाएका छैनन्। यसैगरी गोलरक्षक म्याट र्‍यान पनि पेनाल्टी रोक्न उत्तिकै माहिर छन्। कप्तान जेडिन्कले अहिलेसम्म प्रहार गरेको १४ मध्ये सबै पेनाल्टीमा गोल गरेका छन्। उनका सहकर्मी एरोन मुईले १० मध्ये नौ पेनाल्टी प्रहारमा गोल गरेका छन्। त्यसैले खेलका क्रममा काउन्टर एट्याक र पेनाल्टीको अवसर पाए विश्वकपमा अस्ट्रेलिया आफूमाथि लागेको ‘अन्डरडग’को ट्याग हटाएर टप डग बन्न सक्नेछ।

अस्ट्रेलियाको प्रारम्भिक टोली

गोलरक्षक : म्याट र्‍यान (ब्राइटन), डेनी भुकोभिच (जेन्क) र ब्राड जोन्स (फेयनुर्ड)।

रक्षक : अजिज बेहिच (बुर्सास्पोर), मिलोस डेगेनेक (योकोहामा एफ मारिनोस), म्याथ्यु जुर्मान (सुओन ब्ल्युविङस), जेम्स मेरेडिथ (मिलवाल), जस रिस्डन (वेस्टर्न सिड्नी वन्डेरर्स), ट्रेन्ट सेन्सबरी (ग्राससोपर्स जुरिच) र फ्रान कारासिक (लोकोमोतिभ जाग्रेभ)।

मिडफिल्डर : जस ब्रिलियन्ट (सिड्नी एफसी), माइल जेडिन्क (एस्टन भिल्ला), मार्क मिलिगन (अल अहली), रोबी क्रुज (बोचुम), ज्याक्सन इर्भिन (हल सिटी), मासिमो लुंगो (क्विन्स पार्क रेन्जर्स), एरोन मुई (हड्र्सफिल्ड), टम रोजिक (सेल्टिक) र जेम्स ट्रोइसी (मेलबर्न भिक्ट्री)।

स्ट्राइकर : टिम काहिल (मिलवाल), टोमी जुरिक (एफसी लुजेर्न), म्याथ्यु लेस्की (हेर्था बर्लिन), एन्ड्र्यु नब्बाउट (एरावा रेड डायमोन्ड्स), निकिता रुकाभिटस्या (माकाबी हाइफा), दिमित्री पेट्राटोर्स (न्युक्यासल जेट्स) र ड्यानियल अर्जानी (मेलबर्न सिटी)।

प्रशिक्षक : बर्ट भान मार्विक।

अस्ट्रेलियाको खेल

समूह ‘सी’

जुन १६ : फ्रान्सविरुद्ध

जुन २१ : डेनमार्कविरुद्ध

जुन २६ : पेरुविरुद्ध

विश्वकपमा अस्ट्रेलिया

सहभागिता : पाचौंपटक

उपाधि : छैन

फिफा वरीयता : ४०
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.