अस्ट्रेलिया : विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'टिम काहिल'

अस्ट्रेलिया : विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'टिम काहिल'

 इङ्लिस क्लब मिलवालबाट व्यावसायिक फुटबल खेल्ने टिम काहिल निकै अनुभवी खेलाडी हुन्। टोलीमा उनीजति अनुभवी खेलाडी छैनन्। इङ्लिस क्लब एभर्टनदेखि चिनियाँ र अस्टेलियन क्लबबाट समेत फुटबल खेलेका काहिलसँग आक्रामक मिडफिल्डर तथा मुख्य स्ट्राइकरको भूमिकामा खेल्नसक्ने क्षमता छ।

 पछिल्लो समय बढ्दो उमेरका कारण उनको क्षमतामा प्रश्न उठाइँदै आए पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव र यसअघिको प्रदर्शनका कारण रुस विश्वकपमा पनि उनी अस्ट्रेलियाको महत्वपूर्ण हतियार बन्नसक्ने पर्याप्त सम्भावना छ।

काहिल यस्ता खेलाडी हुन्, जोसँग अस्टेलियन फुटबलका धेरै कीर्तिमान जोडिएका छन्। लगातार चौथो विश्वकप फुटबल खेल्ने तयारीमा रहेका काहिल विश्वकपमा गोल गर्ने पहिलो अस्टेलियन खेलाडी पनि हुन्। अस्टेलियन टोलीबाट विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्, काहिल। सन् २००६ यता अस्टेलियन टोलीले चौथो विश्वकप फुटबल खेल्ने तयारी गरिरहँदा काहिल यी कुनै पनि तयारीमा छुटेका छैनन्।

सन् २००६ को विश्वकपमा पहिलो गोल गरेका काहिलले अहिलेसम्म पाँच गोल गरेका छन्। बल लिएर विपक्षी टोलीको डीबक्सभित्र सहजै छिर्नसक्ने र हेडिङ गोल गर्न माहिर मानिएका काहिल आफ्नो खेल जीवनको अन्त्यतिर रहेकाले पनि रुस विश्वकपमा टोलीलाई अघि बढाउन सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। विश्वकप फुटबलमा अस्ट्रेलियाको खराब प्रदर्शन उनीसँगै जोडिने गरेकाले पनि अन्तिमजस्तै मानिएको रुस विश्वकपमा काहिलले थप मेहनत गर्ने पक्का छ। उनको त्यो मेहनतले व्यक्तिगत कीर्तिमानलाई मात्रै नभएर अस्ट्रेलियालाई पनि विश्वकप फुटबलमा नयाँ उपलब्धितर्फ डोर्‍याउन सक्छ।

अस्टेलियन प्रशिक्षक बर्ट भान मार्विकले अघिल्लो मैत्रीपूर्ण खेलमा जस्तै रुस विश्वकपमा पनि एक स्ट्राइकरसहित रक्षात्मक रणनीति अपनाए काहिल अग्रपंक्तिमा त्यही एक्लो स्ट्राइकर हुनेछन्। यस स्थितिमा उनकै काँधमा काउन्टर एट्याकमा गोल गर्ने जिम्मेवारी पनि हुनेछ। समग्रमा रुस विश्वकपमा पनि काहिल अस्टेलियन टोलीका हेर्नलायक खेलाडी हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.