विश्वकप खेलाइने रंगशाला 'सेन्ट्रल स्टेडियम'

विश्वकप खेलाइने रंगशाला 'सेन्ट्रल स्टेडियम'

एकातेरिनबर्गमा रहेको सेन्ट्रल स्टेडियम रुसको निकै पुराना रंगशालाहरूमध्ये एक हो। जुन १४ तारिखदेखि सुरु हुने विश्वकप फुटबलका केही खेल यो रंगशालामा पनि खेलाइँदै छ। यो रंगशाला सन् १९५७ मा बनेको हो। त्यसपछि सन् २००६ देखि सन् २०११ सम्म यो रंगशालाको जीर्णोद्धार गरिएको थियो। यसैगरी आगामी विश्वकपलाई ध्यानमा राखी सन् २०१४ देखि सन् २०१७ सम्म दोस्रो पटक यो रंगशालाको जीर्णोद्धार गरिएको थियो।

आगामी विश्वकपका खेलहरू खेलाइँदा सेन्ट्रलन स्टेडियम ३५ हजार ६ सय ९६ दर्शक क्षमताको हुनेछ। विश्वकपपछि भने यो रंगशालाको दर्शक क्षमता घटाएर २३ हजारमा सीमित गरिनेछ। विश्वकपलाई ध्यानमा राखी हाल यो रंगशालामा केही अस्थायी सिट राखिएको छ। फुटबलका अतिरिक्त अन्य खेलसमेत खेल्न मिल्ने गरी तयार पारिएको यो रंगशाला परिसरलाई एकातेरिनबर्ग एरिनाको नामले पनि चिनिन्छ।

यो रंगशाला ८७ वर्ष पुरानो रसियन प्रिमियर लिग क्लब एफके उरालको घरेलु मैदान पनि हो। सोही कारणले यो रंगशालाको दर्शक बस्ने सिटमा सुन्तला रङको प्रयोग गरिएको छ। रसियन प्रिमियर लिग र रसियन कप फुटबलका अतिरिक्त यो रंगशालामा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेका छन्। यो रंगशाला रहेको रुसी सहर एकातेरिनबर्गको जनसंख्या १४ लाख रहेको छ।

आगामी विश्वकपमा यो रंगशालामा समूहगत चरणका चारवटा खेल खेलाइनेछ। जुन १५ तारिखमा इजिप्ट र दुई पटकको च्याम्पियन उरुग्बे तथा जुन २१ तारिखमा पूर्वविजेता फ्रान्स र पेरुबीचको खेल यो रंगशालामा खेलाइनेछ। यसैगरी जुन २४ तारिखमा जापान र सेनेगल तथा जुन २७ तारिखमा मेक्सिको र स्विडेनबीचको खेल पनि यही रंगशालामा खेलाइनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.