चितवनमा बस दुर्घटना, १८ घाइते

चितवनमा बस दुर्घटना, १८ घाइते

रत्ननगर, चितवन : चितवनको रत्ननगरमा बिहीबार राति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। रत्ननगर नगरपालिका-१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

सो दुर्घटनामा घाइते भएका १८ यात्रुको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ। दुर्घटना राति करिब १ बजेको समयमा भएको प्रहरीले जनाएको छ। 

यसअघि यही जेठ ११ गते पनि काठमाडौँबाट राजबिराज जाँदै गरेको ना५ख ४४०१ नंको बस सोही डिभाइडरमा ठोक्किएर पल्टिँदा बसमा सवार छजना यात्रु घाइते भएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.