जेम्स बन्डको गाडी लिलामीमा

जेम्स बन्डको गाडी लिलामीमा

काठमाडौं :  जेम्‍स बन्‍ड सिरिजका चलचित्रमा दमदार स्‍टन्टका लागि प्रयोग गरिएको कार याद गर्नुभएको होला। जेम्‍स बन्‍डको १९९५ मा आएको फिल्म ‘गोल्‍डन आई’मा प्रयोग गरिएको एस्टन मार्टिन डीबी ५ कारको लिलामी हुने भएको छ। यो कारको मूल्य १४.६५ करोड भारतीय रुपैयाँ छ।

कारका विशेषता

जेम्‍स बन्‍डको यो स्‍टाइलिस कारको इन्जिन पनि ४२०० सीसीको छ। जेम्‍स बन्‍डको कार अन्य कारभन्दा फरक पनि छ।

जेम्‍स बन्‍डको यो कार अहिलेसम्मकै महँगो छ। लन्डनको लिलामघर बोनहम्‍समा यसको बोली लगाइनेछ। जुलाई १९६३ मा सावजनिक गरिएको यो कारको इन्जिन सुरुवातमा चार हजार सीसीको राखिएको थियो। त्यसपछि यसलाई अपग्रेड गरी डीबी ५ सिरिजमा ४२०० सीसी पु¥याइएको थियो।

हलिउडको यो चलचित्र बनाउँदा यहीँ सिरिजका तीनवटा गाडीलाई प्रयोग गरिएको छ। एउटा कारलाई क्लोज सटका लागि र बाँकी दुईवटालाई स्टन्ट देखाउन प्रयोग गरिएको थियो।

गोल्डेन आईबाहेक यो कार अन्यमा पनि प्रयोग गरिएको थियो। योभन्दा गोल्डफिंगर, थन्डरबल, टुमरो नेभर डाइज, क्यासिनो रोयल, स्काइफल प्रमुख हुन्।

यसमा ४.० इनलाइन सिक्स इन्जिन प्रयोग गरिएको छ। २८२ हर्सपावर क्षमताको यस कारले ३८० न्युटन मिटर टर्क जेनेरेट गर्छ। यसको गति १४२ मिलिलिटर प्रतिघण्टा छ।

यो कारका मालिक म्याक्स रिड हो। सन् २००१ मा उनले यो कारलाई लण्डनमा खरिद गरेका थिए। यो कारलाई उनले आफ्नी पत्नीलाई उपहारस्वरूप दिएका थिए। बोनहम्सका निर्देशक सोल्टो गिलबर्टसनले यसलाई निकै आकर्षक क्लासिक कारको संज्ञा दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.