‘सुन तस्करीको पर्दा खोल्न पूर्वअर्थ र गृहमन्त्रीमाथि छानबिन गरौँ'

‘सुन तस्करीको पर्दा खोल्न पूर्वअर्थ र गृहमन्त्रीमाथि छानबिन गरौँ'

काठमाडौँः नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले मन्त्री भइसकेको नेताहरुसम्म पुगेर अनुसन्धन नभए सुनकाण्डको पर्दा नुखल्ने बताएका छन् । 

देशमा अपराध बढ्दै गएपछि केन्द्रीय अनुसन्धान ब्युरो आफ्नै पालामा बनाइएको बताउँदै भण्डारीले सुनकाण्डको जरोसम्म पुग्ने हो भने दुई चार अर्थ र गृहमन्त्रीमाथि पनि छानबिन गरिनुपर्ने बताए । 

‘सुनकाण्डको जरैसम्म पुग्ने हो भने २०६९ सालदेखि २०७४ सालसम्म को को अर्थमन्त्री थिए ? को को गृहमन्त्री थिए ? उनीहरुले विमानस्थलेखि अन्य महत्वपूर्ण स्थानमा कस–कसलाई खटाए ? त्यो बेला राज्यका शक्ति केन्द्रहरु को थिए ? प्रहरी नेतृत्वमा को थियो ? महानगरमा ईन्चार्ज को को थिए ?’, यसको मिहिन ढंगले खोजी गरेर उनीहरुमाथि अनुसन्धान गरिनुपर्छ’, पूर्वएआईजी भण्डारीले एपीवान टिभीको कार्यक्रम एपी टकमा बोल्दै भने, ‘अनि मात्रै सुनकाण्डमा रहेका अदृश्य शक्तिको पर्दा खुल्छ, त्यसपछि मात्रै सुन तस्करीको जरोसम्म पुगेर समाधान निकाल्न सकिन्छ ।’

भिडियो:

समग्र र गहिराईमा पुगेर सुन तस्करीको छानबिनको जरुरी रहेको उनले दोहोर्‍याए । ‘सुनकाण्डको सबै चिज बाहिर निकाल्ने हो भने स्वतन्त्र आयोग गठन गरौँ, अनि हामीसँग पनि अनुसन्धान गरौँ, सबै मन्त्री र अधिकारीहरुको सम्पत्ति जाँच गरौँ’, भण्डारीले भने, ‘यति भएपछि ३८ टन मात्रै होइन, अरु टनका टन सुन र सम्पत्तिको पनि खोजी गरौँ, त्यसपछि मात्रै देशमा सुशासन आउँछ । त्यसो हुन सकेन भने सुनकाण्डको एउटा श्रृंखला मात्रै टुंगिन्छ । अदृश्य शक्तिहरुले चलखेल गर्न छाड्दैनन् ।’

नेपालमा अहिले पनि प्रहरी पछिपछि र अपराधीहरु अघि अघि रहेको दाबी गरे । ‘अझै पनि प्रहरीमा साधन स्रोत छैन, प्रहरी कर्मचारी भयाबह अवस्थामा बसेका छन्’, उनले भने, ‘राजधानीमै दिनभरी खटेका प्रहरीलाई राति सुत्ने ठाउँको चिन्ता हुन्छ । प्रहरीले अझै पनि सुत्नका लागि अर्काको घरमा जानुपर्छ, संगठनभित्रको दरिद्र अवस्थामा ब्यापक सुधार्नुपर्छ ।’

ओलीले मात्रै प्रहरीको मनोबल उठाए

कार्यक्रममा बोल्दै पूर्वएआईजी भण्डारीले वर्तमान प्रधानमन्त्री तथा तत्काली गृहमन्त्री केपी शर्मा ओलीले बाहेक अरु कुनै गृहमन्त्रीले प्रहरीको मनोबल बढाउने काम नगरेको पनि दाबी गरे ।

‘प्रहरी संगठन मनोबलसँग जोडिएको विषय हो । केपी ओली गृहमन्त्री हुँदा मात्रै पियनसरह रहेका सिपाहीँलाई प्रहरी नियमावली संशोधन गरेर राजपत्र अनंकित चौथो तहका बनाइएको थियो,’ उनले भने, ‘त्यसअघि र पछिका कुनै गृहमन्त्रीले प्रहरीको मनोबल बढाउने काम गरेनन् । संस्थागत विकासका मुद्दा खारेजमा परे, अरु गृहमन्त्रीहरु प्रहरीका केही हाकिमको पछि मात्रै लागे ।’

प्रहरीको कम्जोर मनोबलको कारण नेताहरु भएको उनले बताए । ‘नेताहरुले व्यक्तिगत फाइदाका लागि प्रहरी कम्जोर होस र अपराधी बलिया हुन् भन्छन्’, उनले भने, ‘यदि प्रहरीको मनोबल उठाउने हो भने नेतादेखि नै शुद्धीकरणको खाँचो छ ।’

सुनकाण्डमा निर्दोष पनि फसे

पूर्वएआईजी भण्डारीले सुन प्रकरणमा केही निर्दोष प्रहरी अधिकारीहरु फसेको बताएका छन् । ‘अपराधीलाई सजाय दिने व्यक्ति आफैँ जेलमा परेका छन् । कयौँ निर्दोष प्रहरी अधिकृतहरु पनि यो प्रकरणमा परेका छन्’, भण्डारीले भने, ‘एसएसपी दिवेश लोहनी पनि परेका छन्, लोहनीसहितका अधिकृतहरुको ट्रयाक रेकर्ड पनि हेर्नुपर्छ, स्टिङ अप्रेशनमा लागेका व्यक्तिहरुलाई पनि एउटै डल्लोमा हेर्नु हुँदैन ।’ 

उनले लोहनी जस्ता अधिकृतहरु इमान जमानमा काम गर्दा पनि फसेका हुन सक्ने बताए । ‘अनुसन्धानबाट पनि यो कुरालाई छुट्याउनुपर्छ, दिवेशले कार्यक्षेत्र बाहिर गएर अनुसन्धान गरेका  थिएनन्, काठमाडौँबाट भागेका अभियुक्त खोज्न उनी गएका हुन्’, भण्डारीले भने, ‘यहाँ भएको घटनामा अपराधी भागेर त्यहाँ पुगेका रहेछन् । घटना अनुसन्धानबारे लोहनीले प्रहरी नेतृत्वलाई रिपोर्ट गराएका थिए । तर उनी जस्ता अधिकृतलाई एकै घानमा राखेर हेर्नु गलत हो ।’

भण्डारीले आफू केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा रहेर अनुसन्धान गर्दा नक्कली नोटको कारोबारी भएर करौँडो कारोबार गर्ने गिरोह समातेको उदाहरण दिए । ‘मैले पनि नक्कली नोटको कारोबारी भएर कयौँ गिरोह समातेको छु’, उनले भने, ‘तर, अब आफैँ फस्ने अवस्था भएपछि कुनै पनि अनुसन्धान अधिकारीले यस्तो जोखिम उठाउँदैनन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.