पाल्पा दुर्घटनाका मृतकप्रति प्रधानमन्त्री ओलीको श्रद्धाञ्जलि

पाल्पा दुर्घटनाका मृतकप्रति प्रधानमन्त्री ओलीको श्रद्धाञ्जलि

काठमाडौं : शुक्रबार बिहान पाल्पामा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले बस दुर्घटनाको खबरले अत्यन्त दुःखी बनाएको बताएका हुन्।  ट्विटरमार्फत् मृतकलाई श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

‘सहकारी संस्थाको अवलोकनका लागि यात्रु लिएर पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना भएको खवरले मलाई अत्यन्त दुःख लागेको छ’, ट्विटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु भएका यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

शुक्रबार बिहान पाल्पाको रम्भा गाउँपालिका-४ मा बस दुर्घटनामा हुँदा १२ जनाको मृत्यु भएको छ। १५ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.