काठमाडौँमै ठेकेदारको मनपरी, ३४२ योजना अलपत्र

काठमाडौँमै ठेकेदारको मनपरी, ३४२ योजना अलपत्र

काठमाडौँ: संघीय राजधानी काठमाडौं उपत्यकामा मात्रै निर्माण व्यवसायीले ठेक्का लिएर काम नगर्दा ३४२ आयोजना अलपत्र परेका छन् । तोकिएको समयमा ठेकेदारले काम नगरेपछि कयौँ योजना अलपत्र परेका अलपत्र छन् । 

ठेकेदारले सम्झौता अनुसार काम नगरेका कारण यति धेरै आयोजना राजधानीमै अलपत्र भएका हुन् । सम्झौता गरेर समयमा काम गर्न नसकेका ठेकेदारमाथि कडाई गर्दै गृहमन्त्रालयले ठेकेदारहरुको सूची तयार पारेको हो । 

उक्त सूचीमा राजधानीमा मात्रै ३४२ आयोजना काम अधरै छन् । कतिपय आयोजनाको त काम नै सुरु भएको छैन । गृहले भौतिक पुर्वाधारको नाम, ठेकदार कम्पनी, सम्झौता भएको अवधि र कार्यप्रगति सहित सूची तयार पारेको छ ।

ओगटेर कामै गरेनन् 

जसमा १५० भन्दा बढी आयोजनाको कामको प्रतगित अत्यन्त न्यून छ । एउटै निर्माण कम्पनीले धेरै आयोजना लिएर अलपत्र पारेको पनि भेटिएको छ । 

धेरै ठेक्का लिएका ठेकेदारले त अझ  काम नै सुरुवात गरेका छैनन् । गोरखा एप्रोप्रियट टेक्निोलोजी फर रिकन्स्ट्रक्सन प्रालि, ओकेएस प्राली, रुद्रादेवी कन्स्ट्रक्सन, राजधानी कन्स्ट्रक्सन, शैलेश कन्स्ट्रक्सन, कोशी कन्स्ट्रक्सन, पूर्ण विनायक कन्स्ट्रक्सन, पशुपति कन्स्ट्रक्सन, जागृत निर्माण सेवा र जल्पा निर्माण सेवा लगायत निर्माण कम्पनी एक भन्दा बढी ठेक्का लिएर काम अलपत्र छोडेका छन् ।  

गृहमन्त्रालयको सूची अनुसार गोरखा एप्रोप्रियट टेक्निोलोजी फर रिकन्ट्रक्सन प्रालिले २०६८ असार २० गते सम्झौता गरेको उपत्यका सहरी सडक अन्तर्गत सडक निर्माण-सुधारको कामसम्बन्धी ७ वटा ठेक्कामध्ये ६ वटाको सुरु नै भएको छैन भने एउटाको २७ प्रतिशत मात्रै काम भएको छ । 

पप्पु र कालिका पनि उस्तै 

एकै मिति सातवटा ठेक्काको सम्झौता गरेको गोरखाले अरु मितिमा पनि अन्य ७ ठेक्का लिएको  छ । नाम चलेका ठूला निर्माण कम्पनीले समेत समयमा काम पुरा गरेका छैनन् ।   

राजपा नेता एवं सांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सन, राप्रपा नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन पनि समय काम नसक्ने निर्माण कम्पनीमा परेका छन् । 

२०७३ चैत १ गते सम्झौता गरेको मैजुवहाल सडक सुधारको कार्य पप्पुले सुरुवात गरेको छैन । पप्पुले त राजधानीमा एक दर्जन सडक लिएको छ । कालिकाले ठेक्का लिएको चक्रपथ-समाखुसी-टोखा-गुर्जेभञ्ज्याङ प्याकेज १ र २ सडकको नाम समेत अघि बढाएको छैन । उसले  सिमा विवादको बहानामा काम नथालेको हो । 

काम नगर्ने यी ठेकेदारहरुलाई गृहमन्त्री रामबहादुर थापा‘बादल’कारवाही गर्लान् त ? गृहमन्त्री थापाकै पहलमा यो सूची पनि तयार गरिएको हो । 

काठमाडौँ बाहिरका केही ठेकेदार पक्राउ गरेर थुन्नेसम्मको काम गरिरहेका बेला राजधानीमै यतिधेरै योजना अलपत्र छोड्ने ठेकदारविरुद्ध गृहमन्त्रीको ‘एक्सन’ प्रतिक्षाको विषय बनेको छ। 

काम नगर्ने ठेकेदार र अलपत्र योजना


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.