ओली सरकारमा ईश्वर पोखरेल र उपेन्द्र यादव उपप्रधानमन्त्री
काठमाडौं : उपप्रधानमन्त्री नै नराख्ने भनिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री बन्नेका छन्। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएपछि मर्यादाक्रम मिलाउन रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री यादवलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
शुक्रबार ओली सरकारमा फोरमबाट अध्यक्ष यादव र सांसाद मोहम्मद इस्तियाक राई मन्त्री बनेका हुन्। राईलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। सरकार विस्तारकै क्रममा यसअघि सञ्चार राज्यमन्त्रीको जिम्मेवारीमा रहेका गोकुल बास्कोटालाई सञ्चार मन्त्रीकै जिम्मेवारी दिइएको छ।