पोखरा स्पोर्ट्स अवार्ड : कमल र विमला सर्वोत्कृष्ट
पोखरा : खेलकुद पत्रकार मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्डमा शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी विमला सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मासहितका अतिथिले उनीहरुलाई अवार्ड हस्तान्तरण गरे।
कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा शारीरिक सुगठनका जीवन घिमिरे र उदियमान खेलाडी क्रिकेटका मेखबहादुर सेन थापा घोषित भएका छन्। उत्कृष्ट वर्ष खेलाडी पुरुषले टिभिएसको अपाचे मोटरसाइकल र महिला खेलाडीले विगो स्कुटर प्राप्त गरे। उत्कृष्ट प्रशिक्षकले नगद १५ हजार, उदीयमान खेलाडीलाई नगद १५ हजार र सामसुङ मोबाइल प्रदान गरियो।
प्राडा वीरेन्द्रसिंह गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। हक्की, टेनिस र क्रिकेट खेल भिœयाउनुका साथै पोखरा रंगशालामा पर्खाल निर्माणमा उल्लेखनीय योगदान दिएका गुरुङलाई दोसल्ला र सम्मानपत्र अर्पण गरियो। वर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला ब्याडमिन्टन संघ सम्मानित भयो। संघलाई नगद १० हजार प्रदान गरिएको छ। उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कार पत्रकार सन्तोष पोखरेलले प्राप्त गरेका छन्। नगद १५ हजार, सामसुङ मोबाइलका साथमा सम्मानपत्रबाट पत्रकार पोखेरल सम्मानित भए। गायक विनोद बानियालाई समेत दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो।