आमालाई दुर्व्यवहार गरेको रिसमा कुटपिट गरी हत्या

आमालाई दुर्व्यवहार गरेको रिसमा कुटपिट गरी हत्या

बनेपा : काभ्रेको बनेपा नगरपालिका -११ घट्टेखोलामा आमामाथि दुर्व्यवहार र धम्की दिने एक व्यक्तिलाई १८ वर्षीय छोराले कुटपिट गरी हत्या गरेका छन् । आमालाई बारम्बार घरमै आएर दुर्व्यवहार र कुटपिट गर्ने बनेपा-११ का ईश्वर थापालाई सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-३ का १८ वर्षीय वसन्त खड्काले हातखुट्टा भाँचेर हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनीलजंग शाहले जानकारी दिए ।

प्रहरी निरीक्षक शाहका अनुसार जेठ १४ गते राति ८ बजे ३७ वर्षीय ईश्वर थापाको कुटपिटबाट निधन भएपछि भागेका खड्कालाई विराटनगरबाट पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धान क्रममा मृतक थापाले वसन्तको आमालाई बारम्बार दुव्र्यहार र कुटपिट गरेको आवेगमा छोराले बाँसको लट्ठी र फलामको रडले हानेर हत्या गरेको खुलेको छ । हत्या गरी भाग्ने क्रममा खड्कासहित घटनामा संलग्न बनेपा-४ का राजु सिक्देललाई भाग्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका वसन्त भने दैनिकजसो घरमै आएर आमालाई मादक पदार्थ सेवन गरी कुटपिट र दुर्व्यवहार गरेको सहन नसकी आवेगमा कुटपिट गर्दा थापाको ज्यान गएको स्विकार्छन् ।

‘जेठ १४ गते दिउँसो हामी कोही नभएको बखत मेरी आमालाई कुटपिट गरी मरणासन्न पारी बुबा र आमाको नागरिकता, लालपुर्जासमेत खोसी लगेको र आमाको दयनीय अवस्था देखेर म साथीलाई लिएर ईश्वरको घरमा कागजपत्र लिन जाँदा ममाथि आक्रमण गर्न खोज्दा मैले बाँस र फलामको रडले कुटेको हो’, उनले थपे, ‘ईश्वर बस्ने अस्थायी टहरामा पुगेँ । मैले बाँस लिएर गएको थिएँ ।’ हातखुट्टा मात्रै भाँच्ने उद्देश्यले आफूहरू त्यहँ गएको उनले बताए ।

 उनले थपे, ‘ उसले घरभित्रबाट हामीलाई काट्न चुप्पी बोकेर अपशब्द बोल्दै आयो, मैले रिसको सुरमा बाँसको भाटाले हातमा हान्दा पनि चुप्पी छाडेन, उसले उल्टै आक्रमण गर्न थाल्यो हामीले लालपुर्जा र नागरिकता माग्दासमेत दिन मानेन । उल्टै आमालाई अपशब्द प्रयोग गर्न थाल्यो अनि रिसले मैले कुटेको थिएँ तर मरेछ म त्यहाँबाट भागें ।’

बाबु गणेशबहादुर खड्काको चार महिनाअघि मृत्यु भएको बताउँदै खड्काले आफू वर्कसपमा मजदुरी गर्दै दैनिक चलाउँदै आएको बताए । उनी आमामाथि भएको दुर्व्यवहार सहन नसक्दा क्षणिक आवेगले जीवन बर्बाद भएको बताउँछन् । प्रहरीका अनुसार मृतक ईश्वरकी श्रीमती नभएकाले एक्लै बस्दै आएका थापा बारम्बार मादक पदार्थ खाएर जिस्क्याउने दुर्व्यवहार गर्ने गरेको मेनुका बताउँछिन् । प्रहरीले ईश्वरलाई पटक पटक मादक पदार्थ सेवन गरी अपशब्द बोलेकोमा विभिन्न समयमा पक्राउ गरी कारबाही गर्दै आएको थियो । नाताले मृतक थापा र मनुका भिनाजु-साली हुन् ।

ईश्वरको शव १४ गते उनकै टहरामा हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले घटनामा संलग्न वसन्त र राजुलाई पक्राउ गरी कर्तव्य ज्यानमुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक शाहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.