जापानको विश्वास पुरानै खेलाडीमा

जापानको विश्वास पुरानै खेलाडीमा

टोक्यो : जापान फिफा विश्वकप फुटबलमा लगातार छैटौंपटक सहभागी हुँदैछ । अहिलेसम्म प्रिक्वार्टरफाइनलभन्दा माथि उक्लन नसकेको जापानले रुस विश्वकपमा भने त्योभन्दा माथिको लक्ष्य लिएको छ । त्यसका लागि जापानले आफ्ना पुरानै स्टार खेलाडीमाथि विश्वास गरेको छ । जापानले रुस विश्वकपका लागि यसै साता घोषिणा गरेको अन्तिम २३ खेलाडीको सूचीमा पुरानै खेलाडीको बाहुल्य छ ।

टोलीका अन्तरिम प्रशिक्षक अकिरा निसिनोले सार्वजनिक गरेको टोलीमा अन्तर्राष्ट्रिय करिअरको उत्तराद्र्धतिर पुगेका केइसुके होन्डा, सिन्जी ओकाजाकी, सिन्जी कागावा, माकोतो हासेबेजस्ता खेलाडी परेका छन् । टोलीका मुख्य प्रशिक्षक वाहिद हालिथोदजिकले राजीनामा दिएपछि रुस विश्वकपका लागि टोलीको सम्पूर्ण जिम्मेवारी जापान फुटबल संघमा प्राविधिक निर्देशक रहेका निसिनोमाथी आइपरेको हो ।

झन्डै डेढ महिना आफ्नो नेतृत्वमा ट्रेनिङ गराएपछि घोषित टोलीमा अनुभवी खेलाडीलाई अवसर दिइएको प्रशिक्षक निसिनोले बताएका छन् । सन् १९९८ बाट लगातार छैटौं विश्वकप फुटबलमा सहभागिता जनाउन लागेको जापानको प्रिक्वार्टरफाइनलसम्मको यात्रा अहिलेसम्मको उत्कृष्ट नतिजा हो । 

जापानले सन् २००२ मा दक्षिण कोरियासँग मिलेर आफैले आयोजना गरेको विश्वकप र सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो । यद्यपि सन् २००२ मा टर्कीसँग १-० र सन् २०१० मा पाराग्वेसँग टाइब्रेकरमा ५-३ ले पराजित भएपछि अन्तिम १६ मै रोकिनु परेको थियो ।

त्यस बाहेकका विश्वकपमा जापानले समूहगत चरण पार गर्न सकेको छैन । यसपटक पनि बलिया प्रतिद्वन्द्वी तथा निवर्तमान प्रशिक्षक वाहिदसँगको विवादपछि अवरुद्ध बनेको तयारीका कारण जापानलाई समूहगत चरण पार गर्न मुस्किल देखिएको छ । कोलम्बिया, पोल्यान्ड र सेनेगलजस्ता टोली रहेको समूह ‘एच’मा रहेको जापानलाई समूहगत चरण र प्रिक्वार्टरफाइनल चरण पार गर्दै नयाँ उपलब्धि हात पार्न पुराना स्टार खेलाडीले त्यही अनुसारको प्रदर्शन गर्नु आवश्यक छ । यद्यपि विश्वकप सुरु हुनु तीन साताअघि घरमै भएको मैत्रीपूर्ण खेलमा जापानी टोली घानासँग २-० ले पराजित भएको छ । यो नतिजाले जापानलाई केही चिन्ता थपेको छ ।

जापानको टोली

गोलरक्षक : इजी कावासिमा (मेट्ज), मासाकी हिगासीगुची (गाम्बा ओसाका) र कोसुके नाकामुरा (कासिवा रेसोल) ।

रक्षक : युतो नागातोमो (गालातसारे), तोमोएकी माकिनो (उरावा रेड डायमन्ड्स), वातारु इन्दो (उरावा रेड डायमन्ड्स), माया योसिदा (साउथह्याम्पटन), हिरोकी साकाई (मार्सेइली), गोतोकु साकाई (हाम्बर्ग), जेन सोजी (कासिमा एन्टलर्स) र नाओमिची वेदा (कासिमा एन्टलर्स) ।

मिडफिल्डर : माकोतो हासेबे (एइन्ट्रान्च्ट), केइसुके होन्डा (पाचुका), ताकासी इनुई (इबर), सिन्जी कागावा (बोरुसिया डर्टमुन्ड), होतारु यामागुची (सेरेजो ओसाका), गेन्की हारागुची (फोर्चुना डुसेल्डोर्फ), ताकासी उसामी (फोर्चुना डुसेल्डोर्फ), गाकु सिबासाकी (गेटाफे) र र्‍योता ओसिमा (कावासाकी फ्रोनटेल) ।

स्ट्राइकर : सिन्जी ओकाजाकी (लेस्टर सिटी), युया ओसाका (वेर्डर ब्रेमेन) र योसिनोरी मुतो (मेइन्ज) ।

प्रशिक्षक : अकिरा निसिनो ।

जापानको खेल

समूह ‘एच’

जुन १९ : कोलम्बियाविरुद्ध

जुन २४ : सेनेगलविरुद्ध

जुन २८ : पोल्यान्डविरुद्ध

जापान

विश्वकप सहभागिता : छैटौंपटक

उपाधि : छैन

फिफा वरीयता : ६०


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.