विश्वकप खेलाइने रंगशाला 'कलिनिनग्राद रंगशाला'

विश्वकप खेलाइने रंगशाला 'कलिनिनग्राद रंगशाला'

‘एरिना बाल्टिक’को नामबाट पनि परिचित छ, कलिनिनग्राद रंगशाला । सन् २०१५ मा शिलान्यास गरिएको यो रंगशालाकोे निर्माण भने सन् २०१६ मा सुरु गरिएको हो । आगामी विश्वकप फुटबललाई ध्यानमा राखेर नै यो रंगशाला निर्माण गरिएको हो । विश्वकपसम्मका लागि यो रंगशालाको दर्शक क्षमता ३५ हजार दुई सय १२ रहनेछ । विश्वकपछि भने यो रंगशालाको दर्शक क्षमता घटाएर २५ हजारमा सीमित गराइनेछ ।

यो रंगशाला बनाउन २५ करोड ७० लाख युरो खर्च भएको छ । यो रंगशालालाई रुसी प्रिमियर लिग क्लब एफसी बाल्टिका कलिनिनग्रादले आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । जर्मनीको एलियन्ज एरिनाको नक्साका आधारमा यो रंगशाला तयार पारिएको हो । सन् २००६ मा जर्मनीमा आयोजना भएको विश्वकप फुटबलका केही खेल एलियन्ज रंगशालामा खेलाइएको थियो।

सन् २०१८ को अप्रिल ११ मा कलिनिनग्राद रंगशालामा पहिलो खेल खेलाइएको थियो । यो रंगशाला पोल्यान्डको सीमाभन्दा ४५ किलोमिटर टाढा छ । आगामी जुन १४ देखि सुरु हुने विश्वकप फुटबलका क्रममा यो रंगशालामा समूहगत चरणका चारवटा खेल खेलाइने कार्यक्रम छ । समूहगत चरणमा जुन १६ मा क्रोएसिया र नाइजेरियाबीचको खेल यो रंगशालामा खेलाइनेछ ।

यसैगरी जुन २२ मा सर्विया र स्विट्जरल्यान्डबीचको खेल पनि यही रंगशालामा खेलाइनेछ । यसका अतिरिक्त जुन २५ मा स्पेन र मोरक्को तथा जुन २८ मा इङ्ल्यान्ड र बेल्जियमबीचको समूहगत चरणको खेल पनि यो रंगशालामा खेलाइनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.