जापान : विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'माया योसिदा'

जापान : विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'माया योसिदा'

इङ्लिस क्लब साउथह्याम्पटनबाट व्यावसायिक फुटबल खेल्दै आएका माया योसिदा जापानी टोलीका मुख्य रक्षक हुन् । जापानको पछिल्लो सफलतामा यी खेलाडीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । सन् २०१२ मा लन्डनमा भएको ओलम्पिक खेलकुदमा जापानको राष्ट्रिय टोलीको कप्तानी गरेका योसिदाले टोलीलाई यसपटक रुस विश्वकपका लागि छनोट गराउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

विपक्षी खेलाडीलाई आफ्नो क्षेत्रमा रोक्नमात्रै हैन, आफ्नो क्षेत्रबाट बल अघि बढाउँदै गोलका लागि स्ट्राइकरलाई अवसर सिर्जना गर्न र आफैं गोल गर्नसमेत उनी सक्षम छन् । सन् २०१० यता जापानी टोलीबाट खेल्दै आएका योसदाले अहिलेसम्म ८० खेल खेलेका छन् । त्यसबाट उनले टोलीका लागि १० गोल पनि गरेका छन् । विश्वकै चर्चितमध्येको इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनका लागि मुख्य रक्षकका रूपमा खेल्दै आएका योसिदा टोलीका अनुभवी खेलाडी हुन् ।

उनको यो अनुभव आगामी जुन १९ तारिखमा कोलम्बियाविरुद्धको खेलसँगै जापानले रुस विश्वकपमा आफ्नो दाबेदारी प्रस्तुत गर्दा पनि महत्वपुर्ण हुनेछ । विशेषगरी जापानले रुस विश्वकपका लागि रक्षात्मक रणनीति तय गरेकाले पनि टोलीलाई प्रत्येक खेलमा पराजयबाट जोगाउन र जिततर्फ अग्रसर गराउन उनकै भूमिका मुख्य र निर्णायक हुने पक्का छ ।

प्रशिक्षक अकिरा निसिनोले रुस विश्वकपमा चार रक्षक, दुई विंगर, तीन मिडफिल्डर र एकमात्र स्ट्राइकर खेलाउने रणनीति बनाएका छन् । उनले यसै साता भएको खेलमा घानासँग २-० गोलले पराजित हुँदा पनि यही रणनीति प्रयोग गरेका थिए । त्यसैले यो रणनीतिमा टोलीलाई पराजयबाट जोगाउन उनै योसिदाको भूमिका महत्वपूर्ण हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.