नगरकोटी : अ कप अफ टी
कुुमार नगरकोटी बहुुरूपीया लाग्छन्। उनका अनेक रूप छन्, रङ छन्। उनी क्यानभासमा पोतिएका यस्ता पोट्रेट हुुन्, जसलाई कुुनै चित्रकारले अनेक रंगमार्फत रच्दारच्दै अधुुरो छोडिदिएको छ। आख्यानका तान्त्रिक गल्लीहरूमा साहित्यका अनेक विधाबारे सोचमग्न भई यिनी एक्लो यात्रा हिँड्छन्। कविता लेख्छन् जहाँ यिनी झेन् फकिरझैं देखिन्छन्। कथामा स्वैरकाल्पनिक हिप्नोटिस्ट देखा पर्छन्। उपन्यासमा सर्रियल मिस्टिकझैं लाग्छन्। नाटकमा मायावी सूत्रधारको अवतार ग्रहण गर्छन्। कसैलाई यिनी साधुु–योगीझैं लाग्छन् त कसैलाई ढोंगी–भोगी। जस्तो लेखन–शैली यिनको छ, त्यस्तै छ जीवन–शैली पनि। सहरमा उनको नयाँ किताब ‘ज्ञ’ छापिएर आएको छ। उनको गुुफा— बालकुुमारीको डेरा— मा उनीसँग दीपक सापकोटाको अनौपचारिक वार्तालाप :
यो वर्षको वैशाख ज्यादै विसंगत देखियो, कि कसो ?
विसंगत मात्रै होइन, यो वैशाख चरित्रहीन नै देखियो। वैशाखले आफ्नो पात्रता नै गुुमायो। मनसुुनझैं पानी पर्या छ। र, लगत्तै घाम झुुल्क्या छ। आकाश हेर्यो बादल छ, भुुइँ हेर्यो हिलो छ। कहाँसम्म भने एक बिहान त कुुहिरो नै पो लाग्यो। ज्याकेट लगाएर मर्निङ वाक जानुु पर्यो। वैशाखमा ज्याकेट ! तौवा तौवा ! एउटा कुुरो चैं के भने शिरीषको वैजनी फूल फेसबुुकमा पोस्ट् गर्ने सम्पूर्ण भर्चुुअल मित्रहरूलाई मैले रुचाएँ, प्रेम गरेँ। र, कतिपय स्टाटसमा लाइकसमेत ठोकेँ।
‘ज्ञ’माथि केही भन्नुुस् न !
भन्दिनँ। जे भन्नुुपर्ने हो किताबले नै भनोस्। लेखक फतरफतर गर्नुुको के अर्थ !
‘ज्ञ’ उपन्यास होइन ?
होइन। उपन्यासिका हो।
उपन्यासिका ? ? ? युु मिन लघुु उपन्यास ?
लघुु डजन्ट साउन्ड नाइस। लघुुशंका जस्तो सुुनिन्छ। नोभेल्लालाई उपन्यासिका नै भन्नुुस्। उपन्यासिका जस्तो सुुन्दर शब्द हुुँदाहुुँदै काँ लघुु–सघुु–रघुुको चक्करमा फसि’रा !
तपाईंसितको यत्रो संगतमा तपाईंले अरू कसैको कुुरा काटेको, नकारात्मक धारणा बनाएको मैले चालै पाइनँ। आफूलाई गाली गर्ने मान्छेहरूप्रति पनि तपाईंलाई कहिल्यै गुुनासो भएन। यस्तो पनि कहीँ हुुन्छ ?
आफ्नो मन व्यर्थमा किन मैलो पार्ने !
फिल्म समीक्षक तथा निर्देशक दीपेन्द्र लामाले केही समयअघि मण्डला थिएटरमा तपाईंलाई ‘युुवाहरूको फेसन आइकन’ भएको बताएका थिए। त्यस बेला तपाईं मुुस्कुुराउनुु मात्र भयो !
दीपेन्द्र महाराजको सेन्स अफ ह्युुमर रुचिलो थियो। के थाहा उनले मलाई कुुनै फिल्ममा कास्ट पो गर्ने हुुन् कि !
एस्ट्रेमा १३ वटा चुुरोटका ठुुटा छन् !
म पनि ठुुटो नै हुुँ। तर, सिगारको ठुुटो। सायद सेरलक होम्सले सल्काएर फ्याँकेको।
फिक्सनमा रियल पात्रहरूलाई तपाईं कहिल्यै लेख्नुुहुुन्न। लेख्नैपर्ने भए आफ्नो आख्यानमा कसलाई पात्र बनाउनुुहुुन्थ्यो ? कुुनै लेडी क्यारेक्टर ?
हिमानी। द एक्स क्राउन प्रिन्सेस। आई वुुड लभ टुु क्यारेक्टराइज् हर इन माई फिक्सन !
आख्यानमा लेखिन लायक नेपाली इतिहासमा कुुन पात्र छ, जसलाई तपाईं आफ्नो रचनामा स्केच गर्न रुचाउनुुहुुन्छ ?
जंगबहादुुर राणा। वन एन्ड द अन्ली दिवंगत जंगबहादुुर राणा।
दिवंगत र जीवित लेखकहरूको भाषा–शैली चोर्न मन लागे क–कसको चोर्नुुहुुन्थ्यो ?
भैरव अर्याल र खगेन्द्र संग्रौला। चोर्ने मात्र होइन, डाँका नै डाल्थेँ। तर, उहाँहरूले आफ्नो भाषा ठूलो साधना र तपस्याले निर्माण गर्नुुभएको हो। चोर्नुु या डाँका डाल्नुु घोर पाप हो। जघन्य अपराध हो।
काठमान्डुु तपाईंको प्रिय सहर। यो सहरको स्मृतिलाई सुुटकेस, सन्दुुक, कफिन बक्स या केमा सँगालेर राख्न चाहनुुहुुँदो हो !
खर्पन। स्मृतिहरूलाई म खर्पनमा बोकी हिँड्दो हुुँ।
कुुन मौसमको काठमान्डुु तपाईंलाई मनप्रिय लाग्छ ?
कुुहिरिलो मौसम। शिशिर यो सहरको प्राइभेट मौसम हो।
यो सहरको अच्छा परिकार के हो ?
चटामरी, पुुष्टकारी र लप्सीको अचार।
काठमान्डुुबाहेक तपाईंलाई पोखरा पनि मन पर्छ क्यारे ! बारम्बार गइरहनुुहुुन्छ। किन ?
किनकि पोखराको राशि कन्या हो नि त ! कन्या राशि भएकैले हुुनुुपर्छ, पोखराले मजस्तो भूतपूर्व कुुमार केटोलाई समेत भुुतुुक्कै पार्छे। त्यसो त म बसोबास गर्ने पाटन पनि कन्या राशिकै स्वामिनी हो। यसो सोचिल्याउँदा के कुुराको लगभग पुुष्टि हुुन गयो भने म अनावश्यक रूपले कन्याको जबरजस्त दिवाना रहेछुु, आशिक रहेछुु। कन्या लम्पट पो रहेछुु क्यारे !
म जन्मेको सहर काठमान्डुुको राशिचाहिँ मिथुुन हो। र, मेरो स्वयंको राशि पनि मिथुुन। हेर्नुुस्, कुुण्डलीमै कन्या र मिथुुनको नाजायज चलखेल भएपछि मभन्दा जायज सेक्सी मनुुवा खोज्न तपाईं काँ पो जाने होला !
मानिसहरू भन्छन्, नगरकोटीको राइटिङ सेक्समैत्री छ, नगरकोटीको लेखनमा यौनको ज्यासमिन गन्ध आउँछ। त्यस्तो त हुुने भइहाल्यो नि ! जब कि नगरकोटीको अवैध सम्बन्ध नै कन्या र मिथुुन राशिसित छ। कुुण्डलीमै पो दोष रहेछ। म बबुुरो बल्ल बुुझ्दैछुु। पाठक, समीक्षक र समालोचकहरूले यस्तो सेन्सिटिभ कुुरो त उहिल्यै बुुझिसक्या रहेछन्। मै पो अबुुझ स्वाँठ रहेछुु।
मानिलिऊँ, एक दिनको निम्ति तपाईंलाई स्वर्गको भ्रमण गर्ने अवसर मिल्यो। स्वर्गमा तपाईं क–कसलाई भेट्न चाहनुु हुुँदो हो ?
पिना बाउस र चाल्र्स बुुकोब्स्की। यी दुुईलाई म स्वर्गको भव्य थिएटरमा लाँदो हुुँ। नेपथ्यमा बसेर बुुकोब्स्की आफ्नो भव्य आवाजमा कविताहरू रिसाइट गर्दो हो। कविताको लयमा पिना बाउसको अद्भुुत डान्स–स्टेप्सले दिव्यता प्राप्त गर्दो हो। म परम आल्हादित मुुद्रामा विर्वण हुुँदो हुुँ। कलाको यो उच्चतम पर्फमेन्स हेर्न म सायद कार्ल माक्र्स र फ्रेडरिक नित्सेलाई पनि निम्तो गर्दो हुुँ।
नर्क जानुु परेको खण्डमा आफूसित क–कसलाई लिएर जानुु हुुँदो हो ?
‘पैताला’ लेख्ने मनुुवा गनेस पौडेल। उसैलाई लिई जाँदो हुुँ। असुुरलाई असुुरकै साथ भएको राम्रो।
कवि हरिहर तिमिल्सिनाले तपाईंबारे मलाई एउटा रोचक किस्सा सुुनाएका थिए। उनका अनुुसार कुुनै चिया पसलमा तपाईंले एउटा जोगीलाई खल्तीमा भएका सबै पैसा दिनुुभयो। कविले मसँग भनेका थिए, ‘एउटा जोगीले अर्को जोगीलाई सप्पै पैसा दिएको देख्दा मलाई अचम्म लाग्यो।’
कस्तो राम्रो कुुरो ! त्यो दिन बसको भाडा नभएर म हिँड्दै घर फर्केको हुुँ।
सहर निस्कँदा तपाईं प्रायः दुुई/तीन झोला किताबहरू एकैपटक किन्नुुहुुन्छ। बाटोमा कोही परिचित भेटियो भने भर्खरै किनेका किताबहरू पनि उपहार दिनुुहुुन्छ !
किताबहरू उपहार दिनुुमा मलाई डेड्ली आनन्द आउँछ।
तपाईंले प्रचण्ड, देउवा र ओलीलाई किताब सिफारिस गर्नुु परे के–कस्ता किताबहरू हुुन सक्लान् ?
प्रचण्डलाई रोबर्ट पिरसिगको ‘झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनन्स’, देउवालाई एलिफ सफकको ‘द फोर्टी रुल्स अफ लभ’ र ओलीलाई अगाथा क्रिस्टीका जासुुसी उपन्यासहरूलगायत जे. कृष्णमूर्तिको ‘द फस्ट एन्ड लास्ट फ्रिडम’।
अनि फिल्महरू नि ?
प्रचण्डलाई स्टिभन स्पिलवर्गको ‘सिन्डलर्स लिस्ट’, देउवालाई अनुुराग कश्यपको ‘ग्याङ्स अफ वासेपुुर’ र ओलीलाई किम कि दुुकको ‘स्प्रिङ, समर, फल, विन्टर...एन्ड स्प्रिङ’लगायत जफर पनाहीको ‘द ह्वाइट बलुुन’।
अरू दुुईलाई एकुुन्टा किताब र फिल्म। तर, ओलीलाई चाहिँ किन एक्स्ट्रा बोनस ? किन डबल सिफारिस ?
किनकि मिस्टर ओली प्राइम मिनिस्टर हुुन् नि त। किनकि उनी डबल पार्टीका अध्यक्ष हुुन् नि त।
केही समयअघि जलालुुद्दिन रुमीको किताब ‘सोल अफ रुमी’ आर्यघाटको मन्दिरमा छाडी आउनुुभयो !
खासमा म त्यो किताबलाई वर्षात्बाट जोगाउन चाहन्थेँ। र, लाग्यो— रुमीजस्तो कविलाई मेरो गुुफा होइन, मन्दिर नै बढी सुुहाउँछ।
यो रिडिङ रुमलाई तपाईं गुुफा भन्नुुहुुन्छ। कैयौं दिन यही गुुफामा एक्लै बस्नुुहुुन्छ। बाहिर निस्कनुुहुुन्न। कसैलाई भेट्न मन पराउनुुहुुन्न। संसारको माया लाग्दैन ?
निदा फाजलीको एउटा गीतले भन्छ, ‘अपना गम ले के कहिँ और न जाया जाये, घरमे बिखरी हुुई चीजोंको सजाया जाये’।
लेखनको तालिकाबारे भन्नुुस् न ! पहिले कुुन समयमा लेख्नुुहुुन्थ्यो ? अहिले कुुन समयमा लेख्नुुहुुन्छ ?
पहिले रात्रिकालीन लेखन हुुन्थ्यो। अहिले ब्रह्ममुुहूर्तकालीन लेखन हुुन्छ।
हरेक वर्षको वैशाख–जेठमा शिरीष फुुलेको हेर्न म सहर चहार्ने गर्छुु। फुुटपाथमा झरेका वैजनी फूलहरूलाई कुुल्चिन्छुु कि भनी डराउँदै हिँड्छुु। सहरमा जब शिरीष फुुल्छ, मन अनायासै वैजनी रङहरूमा भुुल्छ।
भेट्रान कथाशिल्पी मनुु ब्राजाकी मसँग भन्नुुहुुन्थ्यो ‘पात्र र प्लट छर्लंग भएपछि मात्र कथा लेख्न बस्छुु।’ आख्यान लेख्नुुअघि नै तपाईंको मस्तिष्कमा आख्यानका पात्र र प्लटहरू छर्लंग हुुन्छन् ?
केही छर्लंग हुुन्छन्। केही लेख्दै जाँदा छर्लंग हुुन्छन्।
तपाईंका किताबमाथि पत्रपत्रिकामा छापिने समीक्षाहरूले तपार्इंंलाई के अर्थ राख्छन् ? तिनले तपाईंलाई कहिल्यै दुुखाएका छन् ?
नन् अफ माई बिजिनेस। दुुनियाँ मे और भी गम हे।
‘नन् अफ माई बिजिनेस ? ’ तपाईंमा दुुःख भन्ने जिनिस छैन ?
‘दुुःख’ बिरानो गाउँको नाम हो।
तपाईं ईश्वरमा विश्वास गर्नुुहुुन्छ ?
कुुनै पनि सांंगठनिक धर्मका ईश्वरप्रति मेरो विश्वास छैन।
तपाईंको एस्ट्रेमा १४औं चुुरोटको ठुुटो धुुवाउँदैछ। तर, १३ अंकप्रति तपाईंमा विशेष मोह छ, जुुन अंकलाई आममानिस अशुुभ भन्छन् !
यो जगत्का सम्पूर्ण अशुुभ संकेत, चिज, चिह्नहरू मलाई प्रिय छन्।
तपाईंको यो कोठामा प्रायः अगरबत्ती र चुुरोटको धुुवाँ एकसाथ उडिरहन्छ। तपाईंलाई त घाटमा उडेको धुुवाँ पनि मन पर्छ !
धुुवाँ मलाईं सधैं प्रिय लाग्छ। किनभने यसले मलाई क्षणभंगुुरताको अनुुभूति दिलाउँछ। मलाई लाग्छ, मलगायत मेरा सबै रचना एक दिन शून्यमा धुुवाँझैं बिलाउनेछन्।
आफ्ना क्याजुुअल लेखहरूमा सहरका अनेक वस्तुु, चिजबीज हराए भनेर चिन्ता गर्नुुहुुन्छ, जस्तो— पत्रमञ्जुुषा, टाइपराइटर, पोस्ट्कार्ड। सहरका अरू के–के चिज हराएकोमा चिन्ता लाग्छ ?
बेसिकल्ली, यो तान्त्रिक सहर हो। किन्तुु अहिले यान्त्रिक मायानगर भयो। यो सहरबाट क्षमा, करूणा, प्रेम, संवेदना र आत्मीयता बिलायो।
आजकल सहरतिर उति निस्कनुुहुुन्न। सहरप्रति के कुुराले विरक्त तुुल्यायो ?
आजकल म सहरमा भोगटे, हलुुवाबेद र आरूका फूलहरू देख्दिनँ। बुुकेहरूमा मलाई रुचि छैन।
पछिल्लोपटक सहर घुुम्दा कहिले आनन्द आयो ?
हरेक वर्षको वैशाख–जेठमा शिरीष फुुलेको हेर्न म सहर चहार्ने गर्छुु। यी वैजनी फूलहरू हेर्नैका निम्ति म कहिले ट्याक्सी भाडामा लिन्छुु, कहिले फुुटपाथमा झरेका फूलहरूलाई कुुल्चिन्छुु कि भनी डराउँदै हिँड्छुु। र, कहिले नगर–बस चढी झ्यालका चेपबाट ती भलाद्मी रूखहरूलाई चियाउँछुु। सहरमा जब शिरीष फुुल्छ, मन अनायासै वैजनी रङहरूमा भुुल्छ।
शिरीषको फूललाई त आजकल ज्याकरान्डा पो भन्छन् त !
वैजनी फूललाई तपाईंले प्रयोग गरेको शब्द वनस्पतिशास्त्री र पुुष्प विशेषज्ञहरूद्वारा पल्लवित नामकरण हो। मजस्तो मनमौजी कविलाई शिरीषको फूल नै प्रिय छ।
पारिजातको ‘शिरीषको फूल’चाहिँ कत्तिको याद आउँछ ?
पारिजातको ‘शिरीषको फूल’ भएर नै नेपाली साहित्य यति सुुगन्धित र सुुन्दर भएको हो। सकम्बरी नहुुँदी हो त नेपाली साहित्यप्रति मेरो प्रेम र लगाव सायद यति गाढा नहुुँदो हो। म त अन्ना कारेनिना, मदाम बोभारी र लोलिटालाई प्रेम गर्ने मान्छे। सकम्बरीले मलाई नेपाली साहित्यप्रति मायालुु र काव्यालुु हुुन सिकाई। पारिजात भनेकै ‘शिरीषको फूल’ हो। अरू सब तपसिलका प्रगतिशील कुुरा हुुन्।
केही शब्दप्रति तपाईंमा चर्को मोह देखिन्छ। ती शब्द हरेकजसो तपाईंका टेक्स्टमा दोहोरिन्छन्। दोहोरिइरहने केही शब्द स्मरण गर्नुुस् न !
अतीत, सायद, धुुवाँ, घाट, चिहान, लबलिन, मनुुवा, ओसिलो, तान्त्रिक गल्ली, आदि–इत्यादि, सिग्रेट, दारुमहल, खुुक्सजस्ता शब्दले मेरो आत्मालाई अपहरण गरिहाल्छन्।
मलाई बेलाबेला तपाईं बहुुरूपीयाजस्तो लाग्छ। अनेक अवतारमा देखिनुुहुुन्छ। ती अवतारबारे कुुरा गरौं !
कहिल्यै पनि मेरो जीवनको निश्चित लक्ष्य, गन्तव्य रहेन। कहिले के बनेँ, कहिले के ! गीत गाउन मन लाग्दा गायक बनेँ। खेल्न मन लाग्दा खेलाडी बनेँ। स्कुुलका निम्ति अनेक पदकहरू जितेँ। कविता लेख्न मन लाग्दा कवि बनेँ। कथाको प्रेमले कथाकार बनेँ। उपन्याससितको अवैध सम्बन्धको आकर्षणले उपन्यासकार बनेँ। नाटकको सूत्रधार तथा नेपथ्यका आदिम एकान्तप्रेमले मलाई नाटककार बनायो। संस्मरणमा पटकपटक हुुने लेखकीय मरणको आनन्दबोधले संस्मरणकार बनायो। अस्तित्वले जे–जे बनायो, त्यहीत्यही बनेँ।
तपाईं आर्ट ग्यालरीतिर बरोबर गइरहनुुहुुन्छ। तपाईंका रचनाहरूमा पेन्टरहरूको ठूलो योगदान पनि देखिन्छ !
नेपाली साहित्यको तुुलनामा नेपाली चित्रकारिता ज्यादा विश्वजनीन छ। नेपाली साहित्य विश्व साहित्यको सो–कल्ड ग्लोबल स्ट्यान्र्डडमा सादृश्य हुुन अझै कैयौं वर्ष लाग्ला। तर, नेपाली चित्रकारिता ग्लोबल स्ट्यान्र्डडमा कहीँ कतै पछाडि छैन।
तपाईं दिनानुुदिन प्रसिद्ध हुुँदै जानुुभएको छ। प्रसिद्धिले तपाईंको जीवनमा के अर्थ राख्छ ?
प्रसिद्धि पानीको थोपाजस्तै हो। ज्यादै क्षणभंगुुर हुुन्छ। प्रसिद्धि संसारको सबैभन्दा डरलाग्दो कुुलत हो।
लेखनमा सधैं नयाँ–नयाँ प्रयोग गर्न रुचाउनुुहुुन्छ। ग्राफिक नोभल लेख्दै हुुनुुहुुन्छ क्यारे ! लेखन कहाँ पुुग्यो ? ग्राफिक नोभल लेख्न के–ले प्रेरित गर्यो ?
नवीनताप्रतिको असीम प्रेम र आत्मरुचिका कारण आफ्नो क्रिएसनमा म फरक–फरक खालको प्रयोग गरिबस्दो रहेछुु। नेपाली साहित्यको इतिहासमा ग्राफिक नोभलको ठूलो भ्याकुुमले मलाई सदा खल्लो बनाइरह्यो। त्यो रित्तो क्यानभासमा ब्युुटिफल ल्यान्डस्केप पोतूँ भन्ने सदीक्षा हो। र, मैले जुुन कथा भन्न रुचाएँ त्यसलाई न्याय दिन ग्राफिक नोभलकै फर्म, फम्र्याट र स्ट्रक्चर नै उपयुुक्त हुुन्थ्यो। अहिले ग्राफिक नोभलको पोस्ट् प्रोडक्सनमा काम भइरहेको छ।
कथा र उपन्यास दुुवै लेख्नुुहुुन्छ। यी दुुईबीचको कस्तो सम्बन्धले तपाईंलाई आकर्षित गर्छ ?
कथा उपन्यासलाई चियाउने आँखीझ्याल हो।
‘फुुर्सद’मा छापिएको ‘झ्यालिञ्चा’पछि तपाईंका अरू कथाहरू देख्न–पढ्न पाइएको छैन। ‘झ्यालिञ्चा’लाई नगरकोटीको मास्टरपिस कथा भन्नेहरू थुुप्रै छन्। त्यसलाई दयाहाङ राईले मण्डला थिएटरमा मञ्चन पनि गरेका थिए, जुुन ज्यादै रुचाइयो। आजकल कथा–लेखनबाट वि श्राम लिनुुभएजस्तो देखियो !
कथाहरू लेखिरा’छुु। नछपाएको मात्रै हो। कथाहरूको सरप्राइज प्याकेज बनाउँदै छुु। बिल्कुुलै नयाँ लुुक्सका कथाहरू गुुपचुुप लेखिरा’छुु। स्टोरी टेलिङको बेग्लै फर्म, क्राफ्ट, टेक्निक र डिजाइनमा चिन्तन–मनन गर्दै नयाँ शैलीका कथाहरू रचना गरिरा’छुु। न्यारेसनका नयाँ–नयाँ क्षितिजहरू एक्स्प्लोर गरिरा’छुु। केही समयअघि मात्र स्क्रिन–प्लेको स्ट्रक्चरमा ड्रिम–लाइक, देजाभू–लाइक स्टोरी लेखिसिध्याएको छुु। अचेल पोस्ट्कार्ड–स्टोरिज्बारे आत्म मन्थन गरिरा’छुु। वि श्राम लिएको छैन पासा ! केही न केही सोचिरा’छुु। नयाँ–नवीन–नूतन कथाहरू लेखिरा’छुु।
तपाईंको आख्यानमा पात्रहरूको नाम ज्यादै अचम्मलाग्दा हुुन्छन्। कथाका शीर्षकहरू पनि अनौठा हुुन्छन्। मिल्छ भने ‘ज्ञ’का केही पात्रको नाम भन्नुुस् न !
‘ज्ञ’का तीन पात्रहरूका नाम खुुलाउँछुुः लिप्स्टिका, रजस्वला शर्मा र सम्भोगशमशेर राना।
नामै सम्भोगशमशेर ?
नामको सन्दर्भमा सेक्सपियरको कथन मलाई रुचिकर छैन। आख्यानमा मेरा पात्रहरूको नाम युुनिक्ली डिफ्रेन्ट हुुनैपर्छ।
अनि कुुनै कथाको शीर्षक नि ?
मैले लेख्दै, छाड्दै र लेख्दै गरेको एउटा कथाको शीर्षक छ— ‘अब्बास किरोस्तामीको एकालाप बारमा ललीपप–ह्विस्की खान आउने तमाम ग्राहकहरू एकार्कादेखि बिल्कुुल अलुुफ, अपरिचित तथा अलग थिए’।
कथाको शीर्षक नै यस्तो ? यति लामो ? फित्ताले नै नाप्नुुपर्ने जस्तो !
फित्ता होइन पासा, बित्ताले नाप्नुु उपयुुक्त होला। तर, तपाईंलाई कुुन हरिलम्फुु स्वाँठले भनिदियो कि शीर्षक ‘ज्ञ’जस्तो छोटै हुुनुुपर्छ ! आख्यानमा कुुनै सूत्र र नियमले काम गर्दैैन, ब्रो।
तपाईंको ‘औंलाहरू’ सर्वाधिक रुचाइएको कविता हो। के जादुु गर्नुुभएको यस्तो ! जहाँकहीँ यसैको हल्ला छ !
द्याट पोयम इज अ लभ लेटर टुु द फिंगर्स। खासमा मैले रच्ने सबै रचना साहित्यको आत्मालाई सम्बोधन गरी लेखिएका प्रेम–पत्र हुुन्। कमसेकम मलाई यस्तै लाग्छ।
तपाईंको गद्य–लेखनमा समेत अनुुप्रास मिलेको देखिन्छ। आज बिहानको यो तीनघन्टे वार्तामै पनि तपाईंले अनुुप्रास मिलाएर बोलेको सुुनियो। यो क्षण नगरकोटीको अनुुप्रास मिलाउँदा ठ्याक्कै के हुुन सक्ला ?
कपटी नगरकोटी ! अ कप अफ टी विथ नगरकोटी !