करेन्ट लागेर मृत्यु
पोखरा : फुस्रेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार पोखरा १७ बेलघारीका ३४ वर्षीय सन्तोष परियारको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय पोखराका एसपी वीरेन्द्रकुमार बस्यालका अनुसार ३ जनाले माछा मारिरहेका बेला परियारलाई करेन्ट लागेको थियो । अरु दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।