आर्थिक समृद्धिको रटान लाउँदा संघीयता फेल नहोस् (भिडियोसहित)
काठमाडौँः नेकपा एमालेबाट प्रतिनिधिमा चुनवाव जितेका सांसद हृदयश त्रिपाठीले बजेटले बजेटले त्यति उत्साहित बनाउन नसकेको बताएका छन् ।
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले करदाताको दायरा भन्दा कर नै बढाएको भन्दै उनले एपीवान टेलिभिजिनको कार्यक्रम एपी सेन्टरमा बोल्दै असन्तुष्टि जनाएका हुन् । ‘कर बढाउनमै यो सरकारले पनि प्राथमिकता दियो’, उनले भने, ‘त्यो भन्दा महत्पूर्ण करको दायरा बढाइनुपर्छ र पथ्र्यो ।’
त्रिपाठीले दर्ता भएका करदातामाथि भार थोपर्ने काम मात्रै भएको बताउँदै उनले करको दायरामा नआएका अरु नागरिकबारे यो सरकारले नसोचको बताए । त्यसैगरी राजनीतिक विश्लेषक अच्युत वाग्लेले अहिलेसम्मकै शक्तिशाली केपी ओली नेतृत्वको सरकारसँग महत्वपूर्ण अवसर रहेको बताए ।
तर, उनले संघीयतालाई बलियो बनाउने काममा सरकार चुकेको बताए । ‘संघीयतालाई बलियो बनाउने कुरामा बजेटले बेवास्ता गरेको छ’, उनले भने, ‘आर्थिक समृद्धिको मात्रै रटान लगाइएको छ, संघीयतालाई भुल्नु हुँदैन, प्रणाली फेल गराएर समृद्धि ल्याउनु हुँदैन। ।’
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका नेता डा. विजय पौडेलले बजेटले श्वेतपत्रलाई फलो गरेको बताए । उनले बजेटबाट निजी क्षेत्र पनि रमाएको बताए । ‘बजेटले श्वेतपत्रलाई फलो गरेको छ । निजी क्षेत्रलाई पनि खुसी बनाएको छ’, उनले भने, ‘बजेट पपुलिस्ट कुराबाट जोगिएको छ । चुनावी घोषणापत्र चाहिँ प्रतिविम्वित भएको छैन ।’
भिडियो