कातालान नेताद्वारा वार्ताका लागि  स्पेनी प्रधानमन्त्रीसँग आग्रह

कातालान नेताद्वारा वार्ताका लागि  स्पेनी प्रधानमन्त्रीसँग आग्रह

बार्सेलोना : कातालोनियाका स्वतन्त्रता पक्षधर नेता क्विम तोराले शनिबार नयाँ स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजसँग वार्ताका लागि आह्वान गरेका छन्।तोराले भने, ‘प्रधानमन्त्री पेद्रो सान्चेज आउनुस कुरा गरौँ । स्पेन र कातालोनियाबीचको तनावलाई सम्बोधन गरौँ । तपाईं र हामी मिलेर समस्या समाधानका लागि जोखिम उठाऔँ ।’

स्पेनको राजनीतिमा अनुभवी राजनीतिज्ञका रूपमा मानिने नेता मारियानो राखोए विश्वासको मत हासिल गर्न नसकेर पदमुक्त भएका थिए । निवर्तमान प्रधानमन्त्री राखोएविरुद्ध नेता सान्चेजले नै संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । राखोएले करिब सात वर्ष स्पेनी प्रधानमन्त्रीका रूपमा नेतृत्व सम्हालेका थिए । नयाँ प्रधानमन्त्रीका रूपमा शुक्रबार शपथ लिएका सान्चेजसँग वार्ता सहज हुने विश्वासका साथ कालोनियाको क्षेत्रीय सरकार प्रमुख तोराले वार्ताको प्रस्ताव गरेका हुन् ।

 नवनिर्वाचित प्रधानमन्त्री सान्चेज ४६ वर्षीय अर्थशास्त्री हुन् । उनलाई सरकार सञ्चालनको अनुभव भने छैन । स्थानीय समयानुसार उनले बिहान ११ बजे राजा फेलिपे छैटौंको अगाडि माद्रिदमा राजदरबारमा शपथ लिएका थिए । राखोएको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एकजना सांसद अनुपस्थित थिए । 

सोसलिस्ट पार्टी, विपक्षी पार्टी पोएदेमोस, स्पेनको कातालान र बास्क्युका क्षेत्रीय पार्टीले पनि पेद्रोलाई मतदान गरेका छन् । उनले आफू वार्तामार्फत नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्दै वार्ताका लागि आफू खुला रहेको पनि बाएका छन् ।

स्पेनी प्रधानमन्त्रीले माद्रिदमा शपथ लिएपछि कातालोनियाको स्वतन्त्रताका लागि लड्दै आएको क्षेत्रीय समूहका नेता तोरा नेतृत्वको सरकारले पनि बार्सेलोनामा शनिबार शपथ लिएको जानकारी कातालोनियाली नेताले जानकारी गराएका छन् ।

कातालोनियाली जनताले जनमतसंग्रहमा स्पेनबाट पृथक् हुनका लागि जनमत दिएको भनी कातालोनियाका पूर्वनेता काल्र्स पुग्दमोनको नेतृत्वको सरकार र तत्कालीन क्षेत्रीय संसद्ले गत वर्ष स्पेनबाट स्वतन्त्र भएको घोषणा गरे पनि केन्द्र सरकारले उक्त निर्णयलाई अवैधानिक भन्दै मान्यता दिएको थिएन । स्वतन्त्र भएको घोषणासँगै स्पेनको केन्द्र सरकारले कातालोनियामाथि प्रत्यक्षरूपमा शासन चलाएको थियो । यसै सिलसिलामा क्षेत्रीय सरकारका पूर्वप्रमुख पुग्दमोन लगायतका केही नेता बेल्जियम पलायन भएका थिए ।

 पछि डेनमार्कबाट जर्मनी हुँदै बेल्जियम फर्किने क्रममा जर्मनीको राजमार्गमा पक्राउ परेका नेता पुग्दमोनलाई जर्मनीले सुपुर्दगीका लागि आवश्यक प्रक्रिया नपुगेको भन्दै सुपुर्दगी गरिसकेको छैन । केन्द्र सरकारको नेतृत्वमा भएको क्षेत्रीय निर्वाचनमा पनि कातालोनियाको स्वतन्त्रताको पक्षधर समूहलाई नै बहुमत मिलेपछि अहिले तोराको नेतृत्वमा क्षेत्रीय सरकार गठन भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.