कोरियाको ‘जायन्टकिलर’ छवि

कोरियाको ‘जायन्टकिलर’ छवि

सियोल : दक्षिण कोरिया एसियाली क्षेत्रबाट सबैभन्दा बढी विश्वकप फुटबल खेल्ने टोली हो । १०औं सहभागिताका रूपमा रुस विश्वकप खेल्न लागेको दक्षिण कोरिया यो क्षेत्रबाट सबैभन्दा माथिल्लो उपलब्धि हात पार्ने टोली पनि हो ।

दक्षिण कोरियाले सन् २००२ मा जापानसँग मिलेर आफैंले आयोजना गरेको विश्वकप फुटबलमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । दक्षिण कोरियाबाहेक अहिलेसम्म अन्य कुनै पनि एसियाली टोलीले विश्वकप फुटबलमा सेमिफाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । सन् २००२ मा फुटबलका ठूला शक्तिराष्ट्रविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको दक्षिण कोरियाले त्यही प्रतियोगितापछि ‘जायन्टकिलर’को छवि बनाएको थियो ।

अमेरिकासँग बराबरी तथा पोल्यान्ड र पोर्चुगललाई पराजित गर्दै समूह ‘डी’को विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको दक्षिण कोरियाले त्यसपछि पनि सशक्त प्रदर्शन गर्‍यो । प्रिक्वार्टरफाइनलमा इटालीलाई २-१ ले पराजित गरेको दक्षिण कोरिया क्वार्टरफाइनलमा स्पेनलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा भने ओलिभर कानको कप्तानीमा रहेको जर्मनीसँग १-० ले पराजित भएपछि दक्षिण कोरिया त्यसभन्दा अघि बढ्न सकेन । टर्कीसँग पनि ३-२ ले पराजित हुँदा चौथो स्थानमा रोकियो तर दक्षिण कोरिया यो उपलब्धि हात पार्ने पहिलो एसियाली टोली बन्यो ।

यो नतिजा अहिलेसम्म पनि एसियाली टोलीले विश्वकप फुटबलमा हात पारेको ठूलो उपलब्धिका रूपमा रहेको छ । त्यसपछिका खेलमा भने दक्षिण कोरियाले आफ्नो जायन्टकिलरको छवि दोहोर्‍याउन सकेको छैन । दक्षिण कोरिया सन् २००२ पछि भएका तीन विश्वकपमा लगातार सहभागी हुँदै आइरहेको छ, यद्यपि प्रिक्वार्टरफाइनलभन्दा माथि पुग्न सकेको छैन ।

दक्षिण कोरिया २००६ मा समूह चरण, सन् २०१० मा प्रिक्वार्टरफाइनल र २०१६ मा समूह चरणबाटै बाहिरिएको छ । रुस विश्वकप नजिकिँदै गर्दा दक्षिण कोरियालाई फेरि आफ्नो जायन्टकिलरको छवि फर्काउने अवसर रहेको छ । दक्षिण कोरिया साविक विजेता जर्मनी, मेक्सिको र स्विडेन रहेको समूह ‘एफ’मा परेको छ । मेक्सिको र स्विडेन आफ्नै स्तरका टोली भएकाले दक्षिण कोरियाले यी दुई टोलीलाई पराजित गर्दै रुस विश्वकपको समूह चरण पार गर्न सक्नेछ । युरोपेली लिग फुटबल खेल्ने खेलाडीको बाहुल्य रहेको दक्षिण कोरिया त्यसका लागि सक्षम पनि छ ।

यद्यपि विश्वकप तयारीका लागि खेलिएको पछिल्ला खेलमा बेहोरेको पराजयले भने दक्षिण कोरियालाई केही चिन्ता थपेको छ । गत मे २८ मा खेलिएको मैत्रीपूर्ण खेलमा होन्डुरसलाई २-० ले पराजित गरेको दक्षिण कोरिया गत बिहीबार भएको खेलमा भने बोज्निया हर्जगोभिनासँग ३-१ गोलले पराजित हुन पुग्यो । यो प्रदर्शनबाट सुधार ल्याउन सके दक्षिण कोरियाले विश्वकप फुटबलमा अझ ठूलो उपलब्धि हात पार्न सक्नेछ ।

दक्षिण कोरियाको टोली

गोलरक्षक : किम सेयुंग-ग्यु (भिसेल कोबे), किम जिन-ह्युवन (सेरेजो ओसाका), चो ह्युन-वी (डइगु एफसी)

रक्षक : किम योंग-ज्योन (ग्वान्झाउ इभरग्रान्डी), जाङ ह्युन-सी (एफसी टोक्यो), जुङ सेयुंग-ह्याउन (सगन टोसु), युन योंग-सुन (सेयोंगनाम एफसी), ओ बान-सुक (जेजु युनाइटेड), किम मिन-वी (साङ्जु साङ्मु), पार्क जु-हो (उल्सान हुन्डाई), होङ चुल (साङ्जु साङ्मु), गो यो-हान (एफसी सियोल), ली योंग (जिओनबुक हुन्डाई मोटर्स)

मिडफिल्डर : कि सुंग-योउंग (स्वान्सिया सिटी), जुङ वी-योंग (भिसेल कोबे), जु से-जोंग (एसान मुगुन्ह्वा), को जा-चेवल (एफसी अग्सबर्ग), ली जाई-सुंग (जिओनबुक हुन्डाई मोटर्स), ली सेउङग-वी (हेल्लास भेरोना), मुन सिओन-मिन (इन्चेवन युनाइटेड)

स्ट्राइकर : किम सिन-विक (जिओनबुक हुन्डाई मोटर्स), सोन हेउंग-मिन (टोट्टनहाम हर्टस्पर), ह्वांग ही-चान (एफसी रेड बुल साल्जबर्ग)

प्रशिक्षक : सिन ताई-योंग

दक्षिण कोरियाको खेल

समूह ‘एफ’

जुन १८ : स्विडेनविरुद्ध

जुन २३ : मेक्सिकोविरुद्ध

जुन २७ : जर्मनीविरुद्ध

दक्षिण कोरिया

विश्वकप सहभागिता : १०औं पटक

विश्वकपमा सफलता : चौथो स्थान (२००२)

फिफा वरीयता : ६१
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.