दक्षिण कोरिया : विश्वकपमा प्रभाव पार्नसक्ने खेलाडी 'की सुंग-योउंग'

दक्षिण कोरिया : विश्वकपमा प्रभाव पार्नसक्ने खेलाडी 'की सुंग-योउंग'

मिडफिल्डर की पछिल्लो केही वर्षयता दक्षिण कोरियाका मुख्य खेलाडी रहँदै आएका छन् । टोलीका कप्तानसमेत रहेका कीले मैदानमा नेतृत्व र खेलाडीको दुवै हैसियतमा महत्र्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । खेलप्रति उनको परिकल्पना, खेल्ने कला, लामो प्रहार र त्यसमा पास निकाल्न सक्ने क्षमताले नै कीलाई टोलीको महत्र्वपूर्ण खेलाडीका रूपमा स्थापित गराएको छ ।

 पछिल्लो ६ सिजन युरोपकै चर्चित घरेलु लिग फुटबल इङ्लिस प्रिमियर लिगमा बिताएका उनको अनुभव र त्यही क्षमताले दक्षिण कोरियालाई रुस विश्वकप फुटबलमा अघि बढाउन मद्दत पुग्नेछ । 

उनी मिडफिल्डबाट गोलका राम्रा अवसर सिर्जना गर्नमात्रै हैन, आवश्यक परेको अवस्थामा आफैं गोल गर्न पनि सक्षम छन् । दक्षिण कोरियाका लागि एक सय खेल खेलिसकेका कीले अहिलेसम्म १० गोल पनि गरेका छन् । राष्ट्रिय टोलीबाट तेस्रो विश्वकप फुटबल खेल्ने तयारीमा जुटेका की यो सहभागितालाई अझ यादगार बनाउन चाहन्छन् । 

आफू उच्च लयमा रहेको तथा खेल जीवनको अन्तिम विश्वकपजस्तै मानिएकाले पनि किले रुस विश्वकपमा मेहनत गर्ने पक्का छ । सन् २०१० मा दक्षिण अफ्रिका तथा सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप खेलेका की पहिलोपटक विश्वकपमा कप्तानी गर्दैछन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.