पूर्वगृहमन्त्री शाहीको निधन
डोटी : पूर्वगृहमन्त्री दानबहादुर शाहीको आइतबार बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका शाहीको उपचारकै क्रममा ७६ वर्षको उमेरमा ग्राण्डी अस्पताल काठमाडौंमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
डोटीको केआईसिंह गाउँपालिका–१ डुम्राकोटमा बि.सं. १९९९ सालमा जन्मेका शाही २०२१ सालबाट सरकारी सेवामा प्रवेश गरेका थिए । बाँके जिल्लाबाट भूमिसुधार अधिकारीको रुपमा सरकारी सेवा सुरु गरेका शाही प्रमुख जिल्ला अधिकारी, अञ्चलाधिश, कृषि मन्त्रालयलगायत अन्य मन्त्रालयका सचिब हुँदै गृह मन्त्री भएका थिए ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६९ असोज १८ गतेदेखि प्रत्यक्ष शासन काल हातमा लिएदेखि उनी गृह मन्त्री भएका थिए । दुवै मृगौलाले काम गर्न छोडेपछि शाही अस्वस्थ अवस्थामा रहेका थिए । शाही पछिल्लो समय कमल थापा नेतृत्वको राप्रपामा अबद्ध थिए । उनका दुई श्रीमती, तीन छोरी र दुई छोरा छन् ।