माधव घिमिरे फलोअपका लागि अस्पताल भर्ना
काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरे फलोअपका लागि ग्रान्डी अस्पताल भर्ना भएका छन्। भारतको मेदान्त अस्पतालमा उपचार गरी शनिबार नेपाल स्वदेश फर्किएका घिमिरे फलोअप चेकअपका लागि अस्पताल भर्ना भएको उनकी बुहारी विजेता घिमिरेले अन्नपूर्णलाई बताइन्।
उनका अनुसार घिमिरेको स्वास्थ्य सामान्य छ।
९९ वर्षीय घिमिरेलाई आन्तरिक रक्तस्राव नरोकिएपछि दिल्ली लगिएको थियो। शनिबार स्वदेश फर्किएलगत्तै उनले अब अधुरो रहेको महाकाव्य लेख्ने आँट आएको बताएका थिए।
उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोरेको छ।