कमिलाको प्वाँख पलाएजस्तै कम्युनिस्ट सरकार : निधि

कमिलाको प्वाँख पलाएजस्तै कम्युनिस्ट सरकार : निधि

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले कम्युनिस्ट विचारधारा पतनको बाटोतर्फ उन्मुख  भए बताएका छन्।नेपालमा कम्युनिस्ट पार्टीले गत निर्वाचनमा पाएको सफलतालाई उपसभापति निधिले मर्ने बेलामा कमिलाको प्वाँख पलाएजस्तो भएको टिप्पणी गरका हुन्। ‘जसरी मर्ने बेलामा कमिलाको प्वाँख पलाउँछ, त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिस्ट सरकार गठन भएको छ’,निधिले भने। 

वन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आइतबार राजधानीमा उद्घाटन गर्दै उनले विचारधाराको परिवर्तनसँगै कम्युनिस्ट शासन पनि पतनको बाटोतर्फ उन्मुख भएको बताए। 

सरकारका १०० दिनको उपलब्धि हेर्दा आश गर्ने कुनै ठाउँ बाँकी नरहेको उनाको भनाइ छ । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले भने, ‘सरकारले संघीयता, समावेशिताविरुद्ध सिण्डिकेट खडा गरेको छ।’

रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिस्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको आरोप समेत लगाए। ‘बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ’, उपसभापति निधिले भने, ‘अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ।’ त्यसैले अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाएन भनेर सोध्नुनर्पेमा त्यसो नगरी चाकडी गरेको टिप्पणी गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.