किम-ट्रम्प भेट्ने होटेलको भाडा प्रतिदिन साढे ६ लाख, उत्तर कोरियासँग छैन पैसा

किम-ट्रम्प भेट्ने होटेलको भाडा प्रतिदिन साढे ६ लाख, उत्तर कोरियासँग छैन पैसा

वासिङ्टन: डोनाल्ड ट्रम्प र किम जोङ्ग उनबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता हुँदैछ । यसलाई लिएर अमेरिकी र उत्तर कोरियाली अधिकारी तयारीमा जुटेका छन् । 

यी सबका बीच अन्तरराष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तर कोरिया आर्थिक संकटसँग पनि जुधिरहेको छ। सिंगापुरको जुन रिसोर्ट दुई नेताको बैठक हुँदैछ, त्यस रिसोर्टको प्रेसिडेन्सियल सुइटको एक रातको भाडा मात्रै ६ हजार डलर (करिब ६ लाख ४७ हजार रुपैयाँ) छ । 

उत्तर कोरियाले किम र प्रतिनिधिमण्डलको खर्च तिर्न नसक्ने अवस्था छ । अमेरिकाले अहिले उत्तर कोरियाको टोलीको खर्च तिराउनका लागि आफू निकटका देशलाई मनाउनमा जुटेको छ।

सिंगापुरको नदी नजिकै बैठक 

वासिङ्गटन पोस्टको समाचार अनुसार ट्रम्प र किमबीच होटल फुलर्टनमा वार्ता हुँदैछ । होटल सिंगापुर नदी नजिकै छ । यहाँ प्रेसिडेन्सियल सुइटको एक रातको भाडा ६ लाख ४७ हजार रुपैयाँ छ । 

पैसाको अभावलाई लिएर हालै मात्र व्हाइट हाउसका डेपुटी चिफ स्टाफ जो हेगिन र किम जोङ्गका अधिकारी किम चाङ्ग सोनबीच वार्ता भएको थियो । 

एक अमेरिकी अधिकारीले भने, 'यदि उत्तर कोरियालाई फाइभ स्टार होटलको बिल तिर्न समस्या हुन्छ भने त्यो अवस्थामा तिर्न हामी तयार छौँ । तर यसो गर्दा उसले आफ्नो अपमान नसम्झियोस ।'

अमेरिकी योजनाकार कुनै यस्तो देशको खोजीमा छन्, जसले सिंगापुरमा उत्तर कोरियाली प्रतिनिधिमण्डलको बिल तिर्न सकोस । 

अमेरिकी विदेश विभागका प्रवक्ता हिदर नुअर्टले सिंगापुर सरकारले नै उत्तर कोरियाली प्रतिनिधिमण्डलको होटलको बिल तिर्न सक्ने बताए । उनले उत्तर कोरियाली टोलीको बिल अमेरिकाले नतिर्ने स्पष्ट पारे । 

आर्थिक संकटमा उत्तर कोरिया

हालै मात्र दक्षिण कोरियाको पयोङ्गचाङ्गमा शीतकालीन ओलम्पिक भएको थियो । यसमा दक्षिण कोरियाले उत्तर कोरियाली प्रतिनिधिको २.६ मिलियन डलर (करिब २८ करोड रुपैयाँ) को बिल तिरिदएको थियो । 

यसै कार्यक्रममा भाग लिन आएको उत्तर कोरियाको २२ सदस्यीय टोलीलाई अन्तरराष्ट्रिय ओलम्पिक समितिले पैसा दिएको थियो । 

सन् २०१५ मा अमेरिकी नेशनल इन्टेलिजेन्सका निर्देशक जेम्स आर क्लेपर दुई कैदीलाई छाड्न उत्तर कोरिया गएका थिए । उनलाई त्यहाँ कोरियाली मिष्ठान्न दिइयो । क्लेपरले आफ्नो सत्कारका लागि पैसा लिन पनि आग्रह गरेका थिए ।

उत्तर कोरियाका सोभियत युगका पुराना विमान देशमा विमानस्थल बनाउन नसकेपछि चीनमा अवतरण गराउनुपर्ने बाध्यता छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.