भ्रष्टाचार भए मुख्यमन्त्रीको कार्यालयमा फोन गर्नुहोस्

भ्रष्टाचार भए मुख्यमन्त्रीको कार्यालयमा फोन गर्नुहोस्

डोटी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको सिद्धान्त अंगिकार गरेको बताएका छन्। आइतबार प्रेस सेन्टर र प्रेस चौतारीले डोटीमा गरेको पत्रमार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले भ्रष्टाचार गर्नेलाई सरकारले छुट नदिने बताएका हुन्। 

‘कुनै पनि प्रकारको भ्रष्टाचार भएको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेको टोल फ्रि नम्बरमा तत्काल फोन गर्नुहोस्’, भट्टले भने ‘हामी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सिद्धान्त अंगिकार गर्छौँ।’ 

प्रदेश सरकारका सय दिन प्रदेशको कानुन बनाउनमै बितेको उनको भनाइ छ। ‘अझै सबै कानुन बन्न सकेका छैनन’, उनले भने। भट्टले अहिले प्रशासनिक संक्रमण काल लागेकाले स्थानीय तह तथा अन्य कार्यालयमा कर्मचारीको अभाव देखिएको बताए। ‘कर्मचारीका बिषयमा प्रदेश सरकारलाई अहिले कुनै किसिमको अधिकार दिइएको छैन’, भट्टले भने, ‘पूर्ण रुपमा कानुन बन्यो भने मात्रै विकासको गतिमा तिब्रता पाउने छ।’

प्रदेश सरकारका चार प्राथमिकता 
मुख्यमन्त्री भट्टले प्रदेश समृद्ध बनाउन चार प्राथमिकताका अगाडि सारेका छन्। ‘कृषि प्रदेश समृद्धिको प्रमुख आधार हो’ मुख्यमन्त्री भट्टले भने, ‘कृषिलाई आधुनिकीकरण गर्ने, किसानलाई सहुलियत दिने, प्रत्येक जिल्लामा माटो परीक्षण गर्ने सरकारको मुख्य लक्ष्य छ।’ उनले प्रदेशभित्र जलविद्युत उत्पादन सरकारको दोश्रो प्राथमिकतामा रहेको बताए। यस्तै पर्यटकीय क्षेत्रको प्रवद्र्धन, विकास र प्रचारप्रसार गर्नमा प्रदेश सरकार लाग्ने उनको भनाइ छ। त्यसैगरी चौथोमा प्रदेश भित्र रहेका जडिबुटीहरुको पहिचार गर्दै प्रशोधन गर्ने र त्यसको सही व्यवस्थापन गर्ने योजना समेत उनले सुनाए।

सडकमार्ग प्रदेशको प्रमुख एजेण्डा 
मुख्यमन्त्री भट्टले खुटिया-बिपीनगर-दिपायल फास्ट ट्रयाक प्रदेश नम्बर ७ को पहिलो प्राथमिकतामा रहेको बताए। संघीय सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमा खुटीया-बिपीनगर-दिपायल सडकलाई प्राथमिकता दिँदै सो क्षेत्रमा सुरुङ्ग मार्गको निर्माण गर्ने भनिएकोमा संघीय सरकारलाई धन्यवाद समेत दिएका छन्। उनले उक्त सडकमा सुरुङ्ग मार्ग निर्माण भएपछि सडकको दूरी अझ घट्ने बताए। 

यस्तै मुख्यमन्त्री भट्टले बर्षौंदेखि राजनीतिक मुद्दा बन्दै गएको सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना सरकारले आफ्नै लगानीमा निर्माण हुने गरी बजेट वक्तव्यमा आएको बताउँदै भने, ‘अब पश्चिम सेती परियोजना निर्माण हुने पक्कापक्की भएको छ।’

प्रदेशमा समाज रुपान्तरण अभियान संचालन गरिने भट्टले बताए। समाज रुपान्तरण अभियानको नेतृत्व जनप्रतिनिधिले गर्नुपर्ने उनको भनाइ छ। मुख्यमन्त्री भट्टले प्रदेशको संरचना नयाँ भएका कारण यसलाई विकासको क्षेत्रमा गति लिन सबैले सरकारलाई सहयोग गर्नु पर्ने बताए। उनले भने ‘म चमत्कार गर्छु भन्न त सक्दिन। तर, म सुरुवात गर्छु भनेर जिम्मेवारी लिएको हुँ र राम्रो कामको सुरुवात गर्छु।’ 

अर्को प्रसंगमा मुख्यमन्त्री भट्टले स्थानीय तहका जनप्रतिनिधिलाई जहाँ मन लाग्यो त्यहाँ सडक काट्ने काम रोक्न आग्रह गरेका छन्। ‘विकास गर्ने नाममा विनाश निम्त्याउँदै आएका छौं हामीहरु, यस्तो विकास दिगो हुन सक्दैन’ भट्टले भने ‘सडक काट्ने नाममा आज डाँडा खनिदैछन्, भोली बर्षात सुरु हुँदा बाढी पहिरो जान्छ, हाम्रा घर बग्छन्, खेतीयोग्य जमिन बग्छ।’ उनले स्थानीय तहका जनप्रतिनिधिहिरुलाई दिगो सडक बनाउने योजना ल्याउन आग्रह गर्दै भने, ‘यदि तपाईहरु एक स्थानीय तहमा एक सडक मात्रै पनि दिगो बनाउने योजना ल्याउनु हुन्छ भने प्रदेश सरकारले त्यसका लागि थप बजेट दिन तयार छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.