हवाई भाडा बढ्यो : कहाँ कति? (सूचीसहित)

हवाई भाडा बढ्यो : कहाँ कति? (सूचीसहित)

कठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेलगत्तै हवाई भाडा बढेको छ। आन्तरिकतर्फ निजी सेवा प्रदायकले भाडा वृद्धि गरेका हुन्। 

वायु सेवा अपरेटर संघले शनिबार इन्धनको मूल्य बढे लगत्तै हवाई भाडा समायोजन गरेको हो। आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको थियो। संघले भाडा वृद्धिलाई फ्यूल चार्ज शुल्क वृद्धि भनेको छ। 

संघले माउन्टेन फ्लाइटको १७०, काठमाडौं-पोखरा ८०, भैरहवा १००, विराटनगर १२०, धनगढी २२०, भद्रपुर १५०, नेपालगञ्ज १६५, भरतपुर ५५, सिमरा ४५, जनकपुर ६५, सुर्खेत १७५, तुम्लिङटार ९५ बढेको छ। 

संघले हवाई भाडा वृद्धिसँगै माउन्टेन फ्लाइट ११ हजार चार सय ७०, पोखरा पाँच हजार ३०, भैरहवा ६ हजार तीन सय, विराटनगर सात हजार ५७०, धनगढी १२ हजार ८७०, भद्रपुर नौ हजार १५०, नेपालगञ्ज १० हजार १५, चितवन तीन हजार ६ सय ५५, सिमरा ३१ सय ७०, जनकपुर ४२ सय ६५, सुर्खेत, आठ हजार ६ सय ७५, तुम्लिङटार ६ हजार ४५ लाग्ने छ। सरकारले स्वीकृति दिए बढेको भाडा जेठ २२ देखि लागू हुनेछ।

फेरि बढ्यो इन्धनको मूल्य : अब पेट्रोल ११३ रुपैयाँ !
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.