गणेश भए ‘नगर साइनिङ स्टार’
तनहुँ : सत्यवती मावि दमौलीका छात्र गणेश गिरी व्यास नगर साइनिङ स्टार घोषित भएका छन् । जेसिआई व्यास नगरको आयोजनामा सञ्चालित व्यास नगर साइनिङ स्टारको छैठौं सिजनमा प्रतिस्पर्धी १९ जनालाई पछि पार्दै फाइनलमा उपाधि जितेका हुन् ।
विद्यालय अध्ययनरत १३ वर्षसम्मका विद्यार्थी सहभागी प्रतियोगितामा दमौली मोडल एकेडेमीकी देविता पाण्डे फस्र्ट रनर अप तथा सत्यवती माविकै कृतिका कार्की सेकेण्ड रनर अप घोषित भए । २० जनामध्ये पहिलो चरणमा छानिएका १० बीच दमौली पार्टी प्यालेसमा भएको प्रतिस्पर्धाका आधारमा विजेता छनौट गरिएको थियो ।
प्रतियोगितामा दमौली मोडेल एकेडेमीकी रेजिमा भण्डारीले बेस्ट पर्सनालिटी एण्ड फोटोजेनिक तथा सोही विद्यालयकी देविता पाण्डेले बेस्ट ट्यालेण्ट अवार्ड पाए । यसैगरी फ्लोरेन्स इन्टरनेशनल स्कूलकी सिवानी थापाले बेस्ट स्माईल अवार्ड पाइन् ।
प्रतियोगितामा अनिता दर्जीे बेस्ट डिसिपिलिन, बाराही आवासिय माविकी अंकिता थापाले भिवर च्वाईस तथा बेस्ट कण्ट्रिब्युसन अवार्ड, आदर्श विद्यागृहका आदर्श थापा क्षेत्रीले पर्फमर अफ द डे, तनहुँ ज्ञान गंगा बोर्डिङकी किरन थापाले बेस्ट ड्रेस अवार्ड तथा सत्यवतीकी कृतिका कार्कीले बेस्ट अर्गनाईजरर्स च्वाईस अवार्ड पाइन् । सत्यवतीकै आशिष गैह्रेले बेस्ट अर्गनाईजर्स च्वाईस मेल अवार्ड पाए ।
सत्यवतीका सुशिल न्यौपानेले बेस्ट पंक्चुअल, डमौली पब्लिककी सुजता घिसिङले बेस्ट फ्रेण्डसीप, गोरखकाली अंग्रेजी बोर्डिङकी सिम्पल थापाले बेस्ट ¥याम्पवाक तथा सत्यवतीकी स्नेहा न्यौपानेले प्रतियोगितामा बेस्ट प्रोजेक्ट अवार्ड पाए ।
प्रतियोगिताका विजेतालाई व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा आयोजक जेसिआई व्यास नगरका अध्यक्ष पविन्द्र भट्टराईले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा विजेताले २५ हजार, फस्र्ट रनर अपले १५ तथा सेकेण्ड रनर अपले १० हजार नगद पुरस्कारका साथमा गिफ्ट ह्याम्पर पाएका थिए । \
विजेताका लागि जिएमटी अटोमोबाईल्स र गिरी एण्ड सन्सले प्रायोजन गरेको थियो । गत वर्षहरुमा राती अबेर सकिने प्रतियोगिता यसपल्ट भने केही अगाडि नै सकिएको थियो । कार्यक्रममा गायक छेवाङ लामाको प्रस्तुति रहेको थियो । बालबालिकाहरुको क्षमता विकास तथा प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष प्रतियोगिता गरिंदै आएको प्रतियोगिताका संयोजक राजु रानाले बताए ।