भारतमा कुटिए २४ नेपाली ट्यांकर चालक-सहचालक
काठमाडौँः इन्धन भर्न गएका नेपाली चालक र सहचालकहरु भारतमा कुटिएका छन् । नेपाली चालक र सहचालकलाई भारतीय प्रहरी र स्थानीयले जेठ १६ देखि १९ गतेसम्म लगातार कुटपिट गरेका हुन् ।
पेटङोलियम पदार्थ लिन रक्सौल हुदै भारतको आईसीपी कस्टम पुगेका ट्यांकर चालक र सह–चालकहरुमध्ये करिब २४ जनालाई एसएसबीका जवानहरुले आक्रमण गरेका हुन् ।
भारतीय प्रहरीको आक्रमणबाट ना ७ ख १७४० नम्बरका चालक देव थापा, ना ७ ख २४७४ का चालक पशुपति मैनाली, ना ४ ख १५९३ का सहचालक राजेश विक, ना ६ ख ६९४२ का चालक टेकलाल गोले, सहचालक गोरे लामा, ना ४ ख १५९४ का चालक देव लामा, ना ७ ख २१२६ का सह चालक सुशन बमजन, ना ७ ख ३६९६ का चालक बिकेस लामा र ना ७ ख २४७१ का चालक कान्छा तामा³ लगायत घाइते भएका छ्न ।
भारतीयबाट पीडित भएका मजदुरहरुलाई न्याय दिलाउ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले बताएका छन् । राईले श्रमिकहरुको सुरक्षाका लागि सरकारसँग जोडदार माग गरेका छन् ।
प्रहरीको सवारीलाई ओभरटेक गरेको, जबरजस्ती गरेको र चन्दा नदिएको भन्दै लामो समयदेखि निरन्तर मजदुरहरुमाथि यस अघि पनि निरन्तर कुटपिट भइरहेको मजदुरहरुले जनाएका छन् ।