नेपाली सेनाको झाँकीमा सर्वसाधारणको घुइँचो
मलंगवा : प्रदेश नं. २ को जातीय, भाषिक र धार्मिक पहिचानको उत्थानका लगि नेपाली सेनाले आइतबार मलंगवामा प्रर्दशन गरेको झाँकी प्रर्दशन सर्वसाधारणका घुइँचो रहेको छ ।
झिझिया र होलीको गीतमा सेनाले प्रस्तुति देखाउँदा सर्वसधारण निकै उत्साहित देखिएका थिए ।
सधैं भोजपुरी र हिन्दी गीतमा रमाउने युवाहरु आइतबार सेनाले लोकगीतमा देखाएको झाँकीमा युवाहरु र महिलाहरु निकै उत्साहित देखिएका थिए । प्रदेश नं. ८ जिल्लाबाट आएको सेनाको टोलीले झिझिया, होली, लाखे, छठ, रोपाईँ तथा पानी पार्नका लागि इन्द्र देवतालाई खुशी पार्ने गीतमा उनीहरुले झाँकी प्रर्दशन गरेका थिए ।
नेपाली सेनाले प्रर्दशन गरेको झाँकीले जातीय तथा धार्मिक पहिचानलाई स्थापित गर्न ठूलो योगदान पुर्याएको मलंगवाका दिपेन्द्र यादवले बताए । ‘पश्चिमी सभ्यताप्रति प्रभावित भएका युवा पुस्ताले आफ्नो पहिचानलाई गुमाउँदै गएको छ’, यादवले भने, ‘हामीले संरक्षण गर्नु पर्ने सभ्यतालाई नेपाली सेनाले जर्गेना गरेको देख्दा खुशी लागेको छ ।
नेपाली सेनाको मध्य पूर्वी पृतनाको आयोजनामा आयोजित कार्यक्रममा ८ जिल्लाका साँस्कृृतिक पहिचानको रुपमा रहेको नाच प्रर्दशन गरेका छन् । स्थातीय भेषभुषालाई प्रोत्साहनका गर्नका लागि झाँकी तथा साँस्कृतिक कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रममा झिझिया, होली, छठ लगायतका पर्वमा गाउँने गीतमा सेनाका जवानहरुले आफ्ना प्रस्तृति देखाएका थिए । झाँकी तथा साँस्कृतिक कार्यक्रम भन्दा अगाडि सेनाले बाढी पहिरो, शित लहरको समयमा सर्वसाधारणलाई गरेको सहयोग फोटोहरु प्रर्दशनी दिएका थिए ।