विश्वकप टोलीमा पर्न ३७ किलो तौल कम

विश्वकप टोलीमा पर्न ३७ किलो तौल कम

विश्वकप टोलीमा पर्नका लागि अभ्यास र मेहनत गर्नु स्वाभाविक हो । तर, इजिप्टका पूर्वस्ट्राइकर अहमद होसाम हुसैन ‘मिडो’ ले रुस विश्वकप टोलीमा पर्नका लागि आफ्नो ३७ केजी तौल घटाएका छन् । टोट्टनहाम र सेल्टा भिगोका पूर्वस्ट्राइकर मिडोले प्रशिक्षकलाई आफू फेरि खेल्नका लागि फिट भएको भन्दै टोलीमा राख्न आग्रहसमेत गरेका छन् ।

 टोलीका प्रभावशाली स्ट्राइकर मोहमद सलाह घाइते भएका कारण प्रशिक्षक हेक्टर कुपर चिञ्चित रहेको अवस्थामा ३५ वर्षीय मिडोले आफू सलाहको स्थानमा खेल्न तयार रहेको खुलासासमेत गरेका छन् ।

भीमकाय शरीर भएका कारण ३५ वर्षीय मिडो ३० वर्षको उमेरमै फुटबल खेलबाट टाढिएका थिए । तर, उनी हाल पनि विभिन्न क्लब र राष्ट्रिय टोलीको व्यवस्थापकका रूपमा सक्रिय छन् । ‘उनले इजिप्टका प्रशिक्षक कुपरलाई ट्विट गर्दै भनेका छन्, ‘मिस्टर कुपर, तपाईंलाई मेरो काउन्टर एट्याक्टको गोल गर्ने क्षमताको विषयमा राम्ररी थाहा छ ।

 म अहिले विश्वकप खेल्नका लागि पनि तयार छु । हरेक दुई खेलमा एक गोल गरेरै छाड्ने विश्वास म तपाईंलाई दिलाउन चाहन्छु ।’ इजिष्टका लागि मिडोले यसअघि ५१ खेलमा २० गोलसमेत गरिसकेका छन् । रुस विश्वकपमा अफ्रिकाबाट छनोट भएको इजिप्ट समूह ‘ए’ मा परेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.