क्युबामा संविधानसभाले नयाँ संविधान बनाउँदै

क्युबामा संविधानसभाले नयाँ संविधान बनाउँदै

हवाना : क्युबाको संविधानसभाले नयाँ संविधान निर्माणको प्रक्रिया शुरु गरेको छ । शनिबारदेखि नयाँ संविधान निर्माणकार्य शुरु भएको यहाँको संविधानसभाले जानकारी दिएको छ । हवानामा शनिबार आयोजित संविधानसभाको एक विशेष अधिवेशनले नयाँ संविधान निर्माण प्रयोजनका लागि एक नयाँ मस्यौदा कार्यदल चयन गरेको छ । क्युबाको संविधानसभाका ५ सय ७२ जना सदस्यले शनिबार मतदानमार्फत नै ३३ सदस्यीय नयाँ निर्माण मस्यौदा कार्यदल निर्माण गरेको बताइएको छ ।

 क्युबाका पूर्वराष्ट्रपति एवं यहाँको कम्युनिस्ट पार्टीका प्रथम सचिव राउल क्यास्त्रो यस मस्यौदा कार्यदलका प्रमुखका रूपमा निर्वाचित भएका छन् । कार्यदलका उपप्रमुखमा क्युबाका राष्ट्रपति माइगेल दियास क्यानेल निर्वाचित भएको पनि क्युबाको संविधानसभाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

 राष्ट्रपति दियासले भने, ‘यस कार्यदलले जतिसक्दो चाँडो नयाँ संविधानको मस्यौदा निर्माण गर्छ र यसलाई अन्तिम निर्णयका लागि जनमत संग्रहमा पनि पठाउन सकिनेछ ।’ क्युबाले सन् २०१० देखि विभिन्न राजनीतिक सुधारका कार्य गरिरहेको छ । राजनीतिमा सुधार र यसका माध्यमबाट दिगो र आर्थिक विकासका विविध प्रयास जारी राखेको छ ।(सिन्ह्वा) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.